2026-09-19 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पाको एक विद्यालयलाई बस सहयोग, भवन निर्माण सुरु

माघ ४, पाल्पा । भूपू सैनिक राइजिङ इङ्गलिस स्कुल, रामपुर पाल्पालाई एउटा बस सहयोगस्वरुप प्राप्त भएको छ । 

भारतीय राजदूतावास, काठमाडौँले ३३ सिट क्षमता रहेको विद्यार्थी बोक्ने बस सहयोग गरेको हो । टाढाका विद्यार्थीलाई दैनिक आवतजावत गर्न समस्या भएपछि स्कुलसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले भारतीय राजदूतावास काठमाडौँ नेपालले बस सहयोग गरेको बताइएको छ । 

टाढाटाढाबाट विद्यालय आवतजावतमा विद्यार्थीलाई समस्या परेपछि विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, शिक्षक लगायतको पहलमा बस सहयोग प्राप्त भएको विद्यालयका अध्यक्ष क्याप्टेन देवबहादुर थापा मश्राङ्गीले सोमबार बताउनुभयो । 

प्रहरी चौकी भवन निर्माण सुरु 

यसैबीच, रामपुर नगरपालिकाको गण्डकीढिकमा केलादी प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु भएको छ । नेपालकै पुरानो यस केलादी प्रहरी चौकीको स्तरोन्नति र सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सुविधा सम्पन्न पक्की भवन निर्माण कार्य सुरु भएको छ । 

सरकारको रु एक करोड १८ लाख २७ हजारको लागतमा नयाँ पक्की भवन निर्माण हुने भएको छ । दुईतले आवास, हिरासत, शौचालय, ब्यारेक सहितको पक्की भवन बन्न लागेको हो । भवन अभावमा अस्थायी रुपमा सेवा दिन यस प्रहरी चौकीबाट समस्या परेपछि नयाँ पक्की भवन बनाउन लागिएको प्रहरी चौकीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई