माघ ६, रसुवा । उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिले अगाडि बढेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ६, रसुवा । उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिले अगाडि बढेको छ । "/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रसुवागढी जलविद्युत् आयोजनाको संरचना निर्माण तीव्र

२०७३, ६ माघ बिहीबार ०४:४६


माघ ६, रसुवा । उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिले अगाडि बढेको छ । 

आयोजनाका प्राविधिक साइट इन्चार्ज नागेन्द्र ज्ञवालीका अनुसार २०७२ सालको भूकम्पपश्चात् गत एक महिनाअगाडिदेखि पुनःनिर्माण कार्यमा तीव्रता आएको हो । समग्रमा ३० प्रतिशत काम भइसकेको छ । भूकम्पका कारण बाहिरी सतहको ड्यामसाइट क्षेत्रमा ठूलै क्षति व्यहोर्नु परेको थियो । खोला फर्काउने ठाउँबाहेक सबै भूमिगत संरचनाको आयोजना भएका कारण निर्माण भएका सुरुङका भाग सबै सुरक्षित रहेको बताइएको छ । 

देशको ऊर्जा सङ्कट छिटो समाधान गर्ने कार्यमा मद्दत पु¥याउन चिनियाँ ठेकेदार कम्पनी आयोजनाका प्राविधिक तीनसय २० जना मजदुर अहिले अहोरात्र सुरुङ खन्ने कार्यमा तल्लीन रहेको प्राविधिक गुरुङले बताएका छन् । 

गत वर्षको भूकम्प, भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव तथा वृद्धिम गाविस क्षेत्रमा गएको पहिरोका कारण सडकको असहजताजस्ता विविध कारणले आयोजनाको निर्माण अवधि केही समय बढ्न सक्ने प्राविधिकको भनाइ छ । 

यस्तै, रसुवागढी नाका सञ्चालनमा आएपश्चात् ट्राफिक समस्या जलविद्युत् आयोजनालाई अर्को थपिएको छ । अहिलेको मुख्य समस्या भनेको रसुवागढीदेखि तातोपानी इलाका क्षेत्रको हो । करिब चार किमी सडक क्षेत्रमा आयोजनाको सामान ओहरदोहर गराई रहनुपर्ने भएका कारण ट्रक कन्टेनरलाई सिधा केरुङ पठाउने र सडकमा पार्किङ गराउने कार्यको अन्त्य गर्न वेत्रावतीबाट सिधै केरुङ पठाउने वातावरणका लागि नेपाल प्रहरीले सामान लिन जाने सवारीसाधनमा टोकन प्रणाली लागू गरिसकेको बताइएको छ । 

सन् २०१४ बाट निर्माण गर्न सुरु भएको रसुवागढी एकसय ११ मेगावाट जलविद्युत् आयोजनाको लागत भने १३ अर्ब रहेको साइट इन्चार्ज ज्ञवालीले जानकारी दिनुभयो । निर्माण कार्य गरुन्जेल सम्मका लागि मात्र हामीलाई अलि फराकिलो ठाउँ चाहिएको बताउँदै ज्ञवालीले आयोजनाको सबै काम सकिए पछि सबै भूमिगत र सुरक्षित रहने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन