महेन्द्र केसी पर्वत, पर्वतको ईलाका नम्बर ३ र ४ को ईलाकास्तरिय गोष्ठि विहिबार डिमुवा बजारमा सम्पन्न भएको छ । इलाका गोष्ठिमा सहभागी रहेका ६ गाउँविकास समितिले बढीमात्रमा सडकको विकास र झोलुङ पुल निर्माण तथा मोटरवल पुलको माग ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत, पर्वतको ईलाका नम्बर ३ र ४ को ईलाकास्तरिय गोष्ठि विहिबार डिमुवा बजारमा सम्पन्न भएको छ । इलाका गोष्ठिमा सहभागी रहेका ६ गाउँविकास समितिले बढीमात्रमा सडकको विकास र झोलुङ पुल निर्माण तथा मोटरवल पुलको माग ग"/>
2026-07-11 06:53 AM
अर्थ/विकास

इलाका ३ र ४ को इलाका गोष्ठि सम्पन्न ,सडक पूर्वधारमा प्रथाकिता

2017-01-20

महेन्द्र केसी पर्वत, पर्वतको ईलाका नम्बर ३ र ४ को ईलाकास्तरिय गोष्ठि विहिबार डिमुवा बजारमा सम्पन्न भएको छ । इलाका गोष्ठिमा सहभागी रहेका ६ गाउँविकास समितिले बढीमात्रमा सडकको विकास र झोलुङ पुल निर्माण तथा मोटरवल पुलको माग गरेका छन् ।

 राज्यको पुर्नसंरचना अन्तरगत मोदी गाउँपालीमा समेत पर्ने उक्त क्षेत्रको विकासको लागि स्थानीय गाउँविकास समितिले सडक, खानेपानी र सिचाईलाई विशेष प्रथामिकतामा पारेका छन् । बाजुङ, देउपुर र देउराली गाउँविकास समितिले पातीखोलाका तटबन्धलाई संयुक्त रुपमा प्रस्ताबमा पारेका छन् । गत  असारमा आएको पातीखोलाको बाढीले स्थानीयबासीको सयौ रोपनी जग्गा बगरमा परिणत गर्नुको साथै आसपासमा रहेका माछापोखरी, घर तथा हाइड्रोपावरमा समेत क्षती पु¥याएको थियो ।

ईलाका नम्बर ३ र ४ मा पर्ने बाजुङ, देउराली, क्याङ, भुकताङ्ले, देउपुर, तिलाहार र चित्रे गाविसवाट विभिन्न खालका योजनाहरु एकिकृत ईलाका गोष्ठि मार्फत प्रस्ताव गरिएको छ । प्रस्ताबमा बढीमात्रका सडक विकास र विस्तार, खानेपानी योजना, सिचाइको माग बढी रहेको छ ।

धेरै जसो मोटरवाटो, गोरेटोवाटो, विद्यालय, पर्यटन लगायतका क्षेत्रका योजना छनौट गरिएको छ । गाविस सचिवहरुले गाउँ परिषद मार्फत पुरा आर्र्थिक कमीका कारणले पुरा हुन नसक्ने योजनाहरु जिल्ला तथा केन्द्रिय स्तरमा माग गर्नको लागि उक्त इलाका गोष्ठिमा माग गरेका थिए ।

सचिवहरुले प्रस्तुत गरेका योजनाहरुलाई एकिकृत गरि साझा योजनाहरु छनौट गरिएको छ । जिल्ला विकास समितिका योजना शाखा अधिकृत देवी शर्माले उक्त कार्यक्रमको सहजीकरण गरेकी थिइन् । उनले दिगो र आयआर्जन गर्ने खालका योजना छनौट गर्न आग्रह गरिन् । योजना छनोट गर्दा बढी मात्रमा समुदायहरु लाभान्वीत हुने खालका योजनाहरु ल्याउनको लागि उनले आग्रह गरिन् ।


कार्यक्रममा इलाका ३ र ४ का स्थानीय राजनीतिक दल तथा जिल्ला स्थीत राजनीतिक दलहरुको प्रतिनिधि, विभिन्न सञ्जाल तथा गैरसरकारी निकायका प्रतिनिधी लगायत सञ्चारकर्मीहरुको सहभागितामा गोष्ठि मार्फत योजना छनौट गरिएको हो । 

कार्यक्रममा बोल्ने राजनीतिक दलहरुले जिल्लाको विकास हुन नसक्नुको जिम्मेवारी राजनीतिक दलहरु स्वयमले लिनुपर्ने स्वीकार गरेका छन् । इलाका ३ र ४को इलाका गोष्ठि तथा योजना तर्जुमा कार्यक्रममा बोल्ने राजनीतिक दलहरुले जिल्लाको विकास हुन नसक्नुको दोष जिल्ला विकास समिति र राजनीतिक दलहरुले लिनुपर्ने बताए । 

इलाका गोष्ठि श्राद्ध गर्नेबेलामा विरालो बानेको जस्तो भएको र दलीय समयन्त्रका आधारमा जिल्ला परिषद सम्पन्न हुने र दलीय भागवण्डाका आधारमा योजनाहरु छनोट हुने गरेकोले जिल्लाको विकास हुन नसकेको स्थानीय राजनीतिक दलहरुले स्वीकार गरेका हुन् ।

इलाका गोष्ठि तथा योजना तर्जुमा कार्यक्रममा बोल्ने जिल्लाका प्रमुख राजनीतिक दलहरुका प्रतिनिधिहरुले जिल्लामा विकासका योजनाहरु तयार पार्दा जनताको आवश्यकता अनुसार भन्दा पनि राजनीतिक भागबण्डाका आधारमा हुने गरेको र त्यो पनि दलभित्रका गुटका आधारमा विकासका योजनाहरु परिषदमा पारित हुने गरेको भन्दै अब त्यसो हुन नदिने भन्दै नेपाली काँग्रसका जिल्ला सचिव विश्वप्रकाश प्रसाइले बताए ।

उनले हिउँदको समयमा जिल्ला विकास समिति योजनाहरुको कार्यान्वयन र अनुगमन गर्नको लागि पहल गर्नुको सट्टा बर्षायाम शुरु भएपछि सम्झौता गर्ने र अनुगमनको नाममा झार टार्ने र हतारहतारमा काम गर्नको लागि रकम विनियोजन र पारित गर्ने नाउमा कमिशन खाने प्रचलन चलिआएको आरोप लगाए ।

हिउँदमा घाम तापेर बस्ने, जब बर्षा शुरु हुन्छ योजनाहरु भकाभक पास हुन्छन्, रकम फस्यौट गरिन्छ हतारहतारका काम गरेजस्तो गर्ने आधा योजनामा आधा कमिशनमा चल्छ उनले भने ।

नेकपा एमाले पर्वतका उपाध्यक्ष भक्त कुवँरले इलाका गोष्ठि श्रद्धा गर्नेबेलामा विरालो बाँधेको जस्तो भएको बताए । उनले जिल्ला परिषद सम्पन्न गर्नको लागि मात्रै इलाका गोष्ठिको आयोजना गरिने गरेको भन्दै इलाका गोष्ठिले तमाब जिल्लाबासीको भन्दा पनि दलहरुको एजेण्डा समावेश र प्रथाकितामा राखेको बताए ।

नेकपा माओवादी केन्द्रका मनबहादुर पौडेलले इलाका गोष्ठिमा गाउँविकास समितिबाट आएका योजनाहरु संकलन गर्ने तर जिल्लामा पुगेपछि त्यसलाई रड्डीको टोकरीमा हाल्ने र जिल्लाका प्रमुख राजनीतिक दलहरुको भागबण्डाको आधारमा योजनाहरु तयार हुने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट