२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पामा वन अतिक्रमण रोकिएन

२०७३, ८ माघ शनिबार ०३:३१

माघ ८, रोल्पा । जिल्लामा विगतका वर्षदेखि हुन थालेको वन अतिक्रमण अझै रोकिएको छैन । 

संस्थागत तथा व्यक्तिगत किसिमले वन अतिक्रमण हुने गरेको जिल्ला वन कार्यालय रोल्पाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा नेपाली सेनाले वन अतिक्रमण गरी ब्यारेक सञ्चालन गर्दै आएको छ । 

शान्ति प्रक्रियापछि माओवादी सेनाका ब्यारेक रहेको गैरीगाउँको तिलामा सशस्त्र प्रहरी बलको क्याम्प रहेको छ भने नुवागाउँ गाविसको दहवन र मसिना गाविसको उवामा पनि वन अतिक्रमण गरी खड्गदल गणको गुल्म बसेको बताइएको छ । 

यस्तै, नेपाल टेलिकमले पनि वन अतिक्रमण गरी खुमेल गाविस–१ रांकोट डाँडामा एनसेल र नमस्ते फोनका टावर स्थापना गरेको छ । त्यसैगरी, दुबिडाँडा गाविसको पाताल कटेरी सामुदायिक वन (जौलिपोखरी इलाका वन कार्यालयअन्तर्गत) होलेरी बजार क्षेत्रको पूर्वतर्फ १६ घर र झेनाम गाविसको धुम्बास सामुदायिक वन क्षेत्रको जग्गामा चार घर गरी २० घर तथा छाप्रो बनाई वन अतिक्रमण गरिएको कार्यालयले जनाएको छ । 

सरोकारवालाका अनुसार यसबाहेक अन्य विभिन्न स्थानमा पनि छिटपुट रुपमा वन अतिक्रमण हुँदै आएको छ । जिल्ला वन कार्यालय रोल्पाले वन अतिक्रमण रोक्न पहल गर्दै आएको भए पनि सरकारको नीति नै फितलो भएको हुँदा वन अतिक्रमण रोक्न नसकिएको जानकार बताउँछन् । 

जिल्ला वन अधिकृत भीमबहादुर कालीकोटेका अनुसार वन अतिक्रमण रोक्नका लागि विगतका वर्षमा पटकपटक जिल्ला वन अधिकृत, स्थानीय राजनीतिक दल, सामुदायिक वनका पदाधिकारी र अतिक्रमणकारीसहितको उपस्थितिमा सर्वपक्षीय भेला गरी उनीहरुलाई अर्को स्थानमा स्थानान्तरणका लागि निर्देशन गरिएको भए पनि वन अतिक्रमण यथावत नै रहेको छ । 

कालीकोटेका अनुसार एकातर्फ राजनीतिक पार्टीको समर्थनका कारण वन अतिक्रमण नियन्त्रण गर्न असहज भइराखेको छ भने अर्काेतर्फ राज्यले वन अतिक्रमण गर्ने व्यक्ति तथा संस्थालाई राज्यबाट प्रदान गरिने विभिन्न सेवा सुविधाबाट वञ्चित गर्नुको साटो वन अतिक्रमणकारीलाई खानेपानी, बिजुली बत्ती, विद्यालय, सुरक्षा चौकी, मतदाता नामावलीमा नाम दर्तालगायतका सेवा सुविधा दिँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ