2026-10-18 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेन्छ्यायेम सञ्चार सहकारी सस्थाको नवौ बार्षिक कार्यक्रम सम्पन्न

अमृत बास्तोला/माघ १०, तेह्रथुम । मेन्छ्यायेम सञ्चार सहकारी सस्था लिमिटेड तेह्रथुमको नवौ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । 

उद्योग बाणिज्य संघको हलमा आयोजित साधारणसभामा प्रमुख अतिथि पुर्ब सांसद तेजमान तुम्बाहाङफे र प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले पानसमा बत्ति बालेर उद्धघाटन गर्नु भएको छ । साधारणसभामा सहकारी सस्थाका सदस्य नरमाया श्रेष्ठले कोषाध्यक्षले तयार पार्नु भएको आर्थिक प्रतिबेदन,सहकारीका महासचिबले तयार पार्नु भएको प्रगतिप्रतिबेदन सदस्य प्रेम भट्टराईले प्रस्तुत गर्नु भएको छ । 

साधारणसभामा सञ्चालक समिति सदस्य सस्थागत बिकास, सञ्चाकल समितिको बैठक सख्या ,तालिम गोष्ठिभेला तथा कार्यक्रमहरुमा सस्थाको सहभागिता, निति नियम निर्माण, रेडियोको मुख्य गतिबिधिहरु,आर्थिक गतिबिधि र भाबि योजनाहरुको बारेमा पेश गर्नु भएको छ।यस्तै साधारण सभामा सस्थाका सदस्य नरमाया श्रेष्ठले आर्थिक बर्ष ७२÷७२ मा उन्नाईसलाख पचासी हजार ७ सय रुपैया १६ पैशा बराबरको आय र २२ लाख ८९ हजार ७ सय ७१ रुपैया ४ पैशा खर्च भएको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको छ । 

मेन्छयायेम सञ्चार सहकारी सस्थामा अहिले ६ सय ८६ जना सेयर सदस्य रहेका छन् ।यसै बिच उद्धघाटन सत्रमा प्रमुख अतिथि पुर्ब सांसद तेजममान तुम्बाहाङफे, बिषेश अतिथि पुर्ब सांषद फुर्बि सेर्पा,प्रमुख जिल्ला अधिकारी मुनका न्योपाने, अतिथिहरु पुर्ब जिबिस सभापति किसोर चन्द्र दुलाल, गैसस महासंघ उपाध्यक्ष प्रेम फोम्बो, जिल्ला सहकारी संघका अध्यक्ष रुपा कन्दङवा,अन्तरपार्टी महिला सञ्जालका प्रतिनिधी शान्तिला सुब्बा कार्की, पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष उद्धब तिम्सीनाले मन्तब्य राख्नु भएको थियो ।

यस्तै नवौ साधारणसभा नेपाली काग्रेसका सभापति गोबिन्द ढुंगाना (केदार), नेकपा एमालेका उपाध्यक्ष संजय तुम्बाहाङफे, नेकपा माओबादी केन्द्रका जिल्ला सहसंयोजक तारा भट्टराई, संघिय समाजबादी फोरम नेपालका सचिब तिर्थ अधिकारी, जनमुक्तिपार्टीका केन्द्रिय सदस्य सागरनाथ रेग्मी ,मञ्च सम्बद्ध सघिय लिम्बुवान मञ्चका प्रतिनिधि बिजय लिम्बु, संघिय लिम्बुवान पार्टी नेपालका अध्यक्ष बिशाल कुरुम्बाङ लगायतले मन्तब्य राख्नु भएको थियो । 

साधारणसभा सहकारी सस्थाका उपाध्यक्ष दया प्रशाद आम्बुङको अध्यक्षतामा सम्पन्न भएको हो । यसै बिच सोहि अबसरमा रेडियो मेन्छ्यायेमले कृष्ण प्रमाणी अनाथबाल आश्रमका लागि सुरु गरेको दानपेटिकामा संकलित रकम २ हजार ६ सय २३ रुपैया समेत प्रतिनिधीलाई प्रदान गरिएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु