2026-09-20 01:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोदीखोलामा पुल निर्माण कार्य ठप्प

माघ १५, पर्वत । पर्वतको सदरमुकाम नजिकै मोदीखोलामा निर्माण हुन लागेको मोटरेबल पुलको निर्माण कार्यमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । 

कुल रु तीन करोड ५० लाखको लागतमा मोदीबेनीमा निर्माण गर्न लागिएको पुलमा स्थानीय बासिन्दाले अवरोध गर्दा निर्माण कार्य रोकिएको छ । प्रसिद्ध ऐतिहासिक तथा पौराणिक स्थान मोदीवेनीमा रहेका मठ, मन्दिर, पाटीपौवा र वृद्धाश्रममा समेत क्षति पुग्ने भन्दै उनीहरुले अवरोध गरेका हुन् । उक्त ठाउँमा मोटरेबल पुल निर्माणले पुरातात्विक संरचना ध्वस्त हुने र मोदीबेनी धामको अस्तित्व समेत समाप्त हुने उनीहरुको भनाइ छ । 

उनीहरुले प्रस्तावित नक्साङ्कन भएको ठाउँबाट करिब २०० मिटर पूर्वपट्टि मल्याङ्दी खोला नजिक पुल निर्माण गर्न भन्दै मन्त्रालयमा समेत निवेदन दिएका छन् । 

उक्त पुलको दुई वर्षभित्रमा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरी काम अगाडि बढाइएको थियो । पुलको लम्बाइ १४० मिटर र चौडाइ आठ मिटर रहने गरी ठेक्का सम्झौता भएको थियो । 

अहिले बन्न लागेको मोटरेबल पुलले मोदीबेनी धाममा केही असर नगर्ने बताउँदै पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले विकास निर्माणमा समेत राजनीतिक खिचातानी गर्ने परिपाटी हाबी गुनासो पोखे । निकै कष्टपूर्ण तवरबाट पुल निर्माणको लागि बजेट विनियोजन गरिएको र राष्ट्रिय गौरवको आयोजनामा अवरोध आउनु दुःखद् भएको उहाँले बताउनुभयो । 

उक्त ठाउँमा पुल निर्माण सम्पन्न भए लोकमार्गले छोएका तथा नजिक पर्ने दर्जनौँ जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । अहिले कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–कुश्मा सडकखण्डको ट्र्याक खोल्ने काम भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो