Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पाँचौ पर्वत महोत्सव टिकट काटेर ४५ हजारले अबलोकन गरे

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव आज सकिदै छ । यहि माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव विवाद र आलोचनाका विच आज समापन हुदैछ । महोत्सवमा भएका विभिन्न घटना तथा परिघटनाका कारणले महोत्सव हालसम्मकै आलोचित र आरोपित बनेको छ ।

विगतका महोत्सवमा आर्थिक पादर्शीता नहुने गरेकोले चर्चामा आएता पनि महोत्सव शुरु भएदेखि समापन हुनुपूर्व सम्म महोत्सवमा भएका अनुचित कार्य र आयोजकले गरेको नाताबाद र क्रिपाबादले महोत्सवलाई ठूलो धक्का दिएको छ । महोत्सवमा २ लाख दर्शक भित्राउने आयोजकले दाबी गरिरहेकै बेलामा महोत्सवमा नबौ दिनसम्म पनि ४५ हजार दर्शकले टिकट शुल्क तिरेर महोत्सव अबलोकन गरेका छन् तर आयोजकले १ लाख ३० हजार दर्शकले अबलोकन गरेको दाबी गरेको छ ।

महोत्सवका टिकट व्यवस्थापनको चाँजोपाँचो मिलाएको पर्वत मिलन क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठले महोत्सवमा ६० को टिकट काट्नेको संख्या शुक्रबार साँझसम्म २८ हजार नागेको बताए । त्यस्तै विद्यार्थीको लागि बनाइको ४० को टिकट काट्नको संख्या झण्डै ७ हजार पुगेको उनको तर्क ।

महोत्सव मुल आयोजक समितिका सचिव ठाकूर वि पौडेले भने महोत्सवमा १ लाख ३० हजार दर्शकले प्रत्यक्ष अबलोकन गरेको दाबी गरेका छन् ।  उनले  प्याकेज टिकटमा झण्डै तीन हजारको वितरण भएको बताए । प्याकेज टिकटमा पनि १ हजार शुल्क तिरेका दर्शक रर बाँकी २ हजारमा कलाकार, पत्रकार, स्टलव्यापारी, आयोजक, सुरक्षाकमी  रहेको उनको तर्क छ । महोत्सवमा प्रत्यक्ष टिकट काटेर जान झण्डै ४० हजार  र सात बर्ष मुनीका बालबालिकाका साथै प्याकेज टिकटका दर्शक गरी एक लाख ३० हजारको संख्यामा दर्शक रहेको उनले बताए । व्याकेज टिकट र नियमित टिकटबाट झण्डै २१ लाख (अनुमानित) रकम संकलन भएको पौडेलले जानकारी दिए ।

महोत्सवको आज समापन जिल्ला न्यायधिस मोहनराज भट्टराईको आथित्यतामा हुने आयोजकले जनाएको छ ।