2026-07-11 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा बृहत् चिमखोला खानेपानी आयोजना निर्माण सुरु

माघ २३, बाबियाचौर (म्याग्दी) । म्याग्दीमा बृहत् चिमखोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । 

रु छ करोड ९७ लाख ४० हजार सात सय १२ को लागतमा सुरु भएको सो आयोजनाबाट चिमखोलाका चार सय २८ घरपरिवार लाभान्वित हुने खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले जानकारी दिनुभयो । 

“सबै घरमा मिटर सहितको निजी धारा जडान हुनेछ”, इन्जिनियर केसीले भन्नुभयो, “आयोजनाअन्तर्गत २ देखि ७ नम्बर वडामा ढल निकासका लागि पूर्वाधारसमेत बनाइने भएको छ ।” 

आयोजनाअन्तर्गत एक लाख ५० हजार र चार हजार लिटर क्षमताका एकएक र पाँच हजार लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण हुने भएको छ । दुईवटा सार्वजनिक शौचालयसमेत निर्माण गर्ने योजना छ । ११ वटा स्किममा निर्माण हुने आयोजनाको १३ वटा मुहान रहेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीले जनाएको छ । 

गत आर्थिक वर्ष २०७२/७३ मा सर्वेक्षण भएको सो आयोजनाका लागि चालु आवमा रु ३० लाख बजेट विनियोजना भएको सबडिभिजन प्रमुख केसीले बताउनुभयो । पूर्वाधार निर्माणको काम सुरु गर्न ओमबहादुर पुनको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिसँग सम्झौतासमेत भइसकेको जनाइएको छ । 

आयोजनामा उपभोक्ताको कुल लागतको २० प्रतिशत अर्थात् रु एक करोड ३९ लाख ४८ हजार एक सय ४२ बराबरको श्रम र नगद सहभागिता रहने छ । सार्वजनिक धाराबाट खानेपानीको उपभोग गर्दै आएका चिमखोलाका बासिन्दा गाउँमा बृहत् आयोजना भित्रिएपछि उत्साहित भएका छन् । 

चिमखोलावासीलाई खानेपानी समस्याबाट मुक्त गरी जीवनयापनलाई सहज बनाउन आयोजनाले ठूलो योगदान गर्ने अपेक्षा गरिएको उपभोक्ता समितिका सचिव गमबहादुर पुनले बताउनुभयो । समितिका अध्यक्ष ओमबहादुर पुनले चिमखोलामा यो हालसम्मकै ठूलो विकास आयोजना भित्रिएको बताउनुभयो । 

आयोजनालाई गुणस्तरीय र समयमै सम्पन्न गर्ने अध्यक्ष पुनले प्रतिबद्धता जनाउनुभयो । आव २०७६७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ताको सक्रियता भएमा लक्ष्य अघि नै र अनुमानितभन्दा कम लागतमा आयोजना निर्माण गर्न सकिने सबडिभिजन प्रमुख केसीले बताउनुभयो । 

यसैबीच चिमखोलाबाट भगवती र पिप्ले गाविसमा खानेपानी ल्याउनका लागि सञ्चालन हुन लागेको बृहत् भगवती पिप्ले खानेपानी तथा सरसफाइ आयोजनाको सर्वेक्षण गरी लगत अनुमान लागत तयार पार्न लागिएको पनि खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ