माघ २३, लिवाङ (रोल्पा) । नेपाल टेलिकम रोल्पा शाखाले ग्राहकको मागअनुसार ल्यान्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध गराउन सकेको छैन । 

कार्यालय प्रमुख कैलाश आचा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, लिवाङ (रोल्पा) । नेपाल टेलिकम रोल्पा शाखाले ग्राहकको मागअनुसार ल्यान्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध गराउन सकेको छैन । 

कार्यालय प्रमुख कैलाश आचा"/>

2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पामा टेलिकमका सेवा मागअनुसार उपलब्ध छैनन्

माघ २३, लिवाङ (रोल्पा) । नेपाल टेलिकम रोल्पा शाखाले ग्राहकको मागअनुसार ल्यान्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध गराउन सकेको छैन । 

कार्यालय प्रमुख कैलाश आचार्यका अनुसार लिवाङ एक्सचेन्जमार्फत तीन सय ८० वटा ल्यान्डलाइन फोन र एक सय ८५ वटा एडिएसएल सेवा वितरण भएपनि लिवाङका लागि मात्र करिब सय ल्यान्डलाइन फोन र करिब ८० वटा एडिएसएल अझै अपुग छ । 

जिल्लाको दोस्रो व्यापारिक केन्द्र सुलिचौर बजारमामा हालसम्म करिब एक सय पाँच ल्यान्डलाइनका ग्राहकले सेवा लिँदै आएका छन् भने करिब ६० वटा एडिएसएलका ग्राहकले सेवा लिइरहेका छन् । 

कार्यालय प्रमुख आचार्यका अनुसार सुलिचौर बजारका लागि ल्यान्डलाइन फोन उपलब्ध गराउन सकिने भएपनि सेवाग्राहीबाट माग भएको छैन तर सुलिचौर बजारमा एडिएसएल माग भएपनि पोर्टहरु थप्न नसकिएको हो । 

सेवाग्राहीको मागअनुसार सो कार्यालयले पटक पटक सम्बन्धित निकायमा लिखित तथा मौखिक जानकारी गराउँदै आएपनि सम्बन्धित निकायको ध्यान नपुगेको प्रमुख आचार्यको गुनासो छ । जिल्लामा ४९ गाविस र एक नगरपालिका रहेकामा हालसम्म लिवाङ नगरपालिका र मिझिङ गाविसको सुलिचौर बजारमा मात्र धेरथोर मात्रामा ल्यान्डलाइन फोन र एडिएसएल सेवा उपलब्ध हुँदै आएको छ भने जिल्लाको अर्काे व्यापारिक केन्द्र घर्तीगाउँ बजारमा ल्यान्डलाइन फोन उपलब्ध गराउने तयारी छ । 

जिल्लाका केही सेवाग्राहीले नेपाल टेलिकममार्फत सिडिएमए, वाइम्याक्स, थ्रीजी, आदिबाट समेत इन्टरनेट सेवा लिइरहेको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई