2026-09-19 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोरङ जिल्लामा अनुदानका १३ वटा विकास योजना छनोट

माघ २४, मोरङ । सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत मोरङ जिल्लामा पुँजीगत अनुदानअन्तर्गत १३ वटा योजना छनोट भएका छन् ।

जिल्ला विकास समिति, मोरङका अनुसार विराटनगर उपमहानगरपालिकाको दुईवटा वडा, रङ्गेली नगरपालिकामा एउटा र बाँकी १० वटा गाविसमा एक–एकवटा योजना छनोट गरिएको हो ।

जिविस मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मीका अनुसार योजनाहरु गाउँ परिषद्, नागरिक वडा मञ्च तथा जिविस समितिले गाउँगाउँमा अनुगमन गरी योजना छनोट गरिएको हो ।

जिविसका इन्जिनियर घनश्याम दाहालका अनुसार योजनाहरु महादेवा, झुर्किया, वर्डगा, डायनिया, सोराभाग, बुधनगर, मझारे गाविस तथा विराटनगर उपमहानगरपालिका र रङ्गेली नगरपालिकाका केही वडामा सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत योजना छनोट भएका हुन् ।

कार्यक्रमअन्तर्गत महत्वपूर्ण सडकमा कालोपत्रे गर्ने, पुल पुलेसो तथा कलभर्ट निर्माणदेखि सिँचाइका लागि सौर्य ऊर्जाबाट सिँचाइ सञ्चालनमा ल्याइने योजना छनोट भएका छन् ।

स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले जनतालाई बढी लाभ हुनेखालका र सबैले देख्नेखालका महत्वपूर्ण योजना छनोट गरेर काम गर्ने बताए। उनले चाँडै काम सम्पन्न भए थप बजेटका लागि आफूले पहल गर्नेसमेत बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई