दलसिंह गिरी/माघ २४, कालिकोट । विगत ३ दशक देखि निर्माणधिन कालिकोटको एकमात्र विमान स्थलको धावन मार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको धावनमार्ग निर्माण कार्यका इन्जिनियर रत्न बहादुर श्रेष्टले बताउनु भएको छ ।

निर्माणधिन एयरपोटको अवस्थाबारे आज तेश्रो पटक कालिकोट आउनु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाही संगको कुराकानीमा धावन मार्गको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेकाले यहि २९ विमानको टेष्ट फ्लाईट गरिने कार्यक्रम तय भएको श्रेष्टले बताउनु भएको हो ।

विमानको धामनमार्गमा आवश्यक पर्ने ३० वटा बेन्च मार्गमा २७ वटा तयार भैसकेकोले अबको २ दिनमै बाकी सम्पूर्णकार्य पुरा गरेर २९ गते टेष्टफ्लाईट गरिसक्ने श्रेष्टले बताउनु भएको छ । हामी कालिकोटवासीको प्लेन चड्ने सपना पुराहुने भयो भन्दै स्थानीय वासीहरुले मन्त्रि शाही, इन्जीनियर विभागका प्रमुख धु्रब भुछिभिया लगायतका टोलीलाई फुलमालाले स्वागत गरेका छन् ।

मन्त्रि आउने पूर्व जानकारी अनुसार निर्माणधिन विमानको अवस्थाबारे बुझ्न जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्का, जिल्ला प्रहरी कार्यालय प्रमुख योगेन्द्रसिंह खड्काको टोली समेत एयरपोटमा पुगेको धावनमार्ग निर्माण समितिका सुपरभाईजर गणेश कुमार विष्टले बताउनु भएको छ ।