Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

१५ दिन बाटो बन्द गरेर तटबन्ध निर्माणको कामलाई तिब्रता दिईने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ २८, दार्चुला । </b>महाकाली नदिनियन्त्रणमा भईरहेको तटबन्ध निर्माणको कामलाई तिब्रता दिनको लागि फागुन एक गतेदेखि १५ गतेसम्म जिल्ला विकास समिति दार्चुला मुनीको १० नम्बर प्याकेजको कामलाई तिब्रता दिइने महाकाली नदि नियन्त्रण आयोजनाले सार्वजनिक सूचना जारी गरेको छ ।<br></p><p>बर्सात अगावै तटबन्धको जग खन्नेकाम सम्पन्न गर्ने भन्दै आयोजनाले अपि नगरपालिका ११ बंगाबगड चौराहा देखि लास्कु खोलासम्मको महाकाली किनारमा सवारी तथा मानिसको आवत जावत बन्द गर्न लागेको महाकाली नदि नियन्त्रण आयोजना प्रमुख शुसिल प्रसाद देबकोटाले जानकारी दिनुभयो ।</p><p>यो भन्दा पहिले त्यसक्षेत्रमा भारतपट्टी खोतीला धारमा गएको सुख्खा पहिरोका कारण महाकाली नदिमा पानीको बहाव नेपालतीर बढेपछि काम प्रभावित भएको थियो अहिले पानी व्यवस्थापन गरी बर्सातको पानी बढ्नु भन्दा पहिल्यै तटबन्धमा फाउन्डेसनको काम सम्पन्न गर्ने गरी बाटो पनि बन्द गरिन लागेको हो । उक्त अवधीमा सबैलाई बंगाबगड क्षेत्रको माथिल्लो बाटो प्रयोग गर्न पनि आयोजनाले सबैलाई सूचित गरेको छ ।</p>