दिनेश ठकुल्ला | फागुन १, धनगढी | कैलालीको धनगढी स्थित इनभेष्टमेण्ट बैङ्क लिमिटेडबाट करिब २४ लाख रुपैया गायब भएको रहस्य बाहिर आएको छ ।
बैङ्कको शाखा कार्यालय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला | फागुन १, धनगढी | कैलालीको धनगढी स्थित इनभेष्टमेण्ट बैङ्क लिमिटेडबाट करिब २४ लाख रुपैया गायब भएको रहस्य बाहिर आएको छ ।
बैङ्कको शाखा कार्यालय"/>
२०८३, ५ बैशाख शनिबार
अर्थ/विकास

इनभेष्टमेण्ट बैङ्कबाट २४ लाख रुपैया गायब

२०७३, १ फाल्गुन आईतवार १४:४५

दिनेश ठकुल्ला | फागुन १, धनगढी | कैलालीको धनगढी स्थित इनभेष्टमेण्ट बैङ्क लिमिटेडबाट करिब २४ लाख रुपैया गायब भएको रहस्य बाहिर आएको छ ।
बैङ्कको शाखा कार्यालय स्थित एटीएममा राख्नका लागि तयार पारिएको रुपैया एटीएममा नराखी शुक्रवार गायब पारिएको समाचार स्रोतले जनाएको छ । ठूलै रकम गायब भएपछि आवश्यक सोधपुछका लागि बैङ्ककका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योती पाण्डेय हेलिकप्टर चार्टर गरेर धनगढी पुग्नु भएको छ । उहाँले बैङ्कका कर्मचारीसंग सोधपुछ गरिरहेको जनाइएको छ । बैङ्कले उक्त घटनालाई अहिलेसम्म गोप्य राखेको र भित्रभित्रै मिलाउन खोजिएको समाचार स्रोतको दावी छ । 
आइतवार बैङ्क खोल्नु पर्ने भएपछि मात्रै घटनाले खैलाबैला मच्चाएको छ । बैङ्ककको रुपैया गायब भएसंगै लगाइएको ताल्चाको चावी समेत गायब पारिएको छ । आइतवार बैङ्कका कर्मचारीले ताला तोडेर बैङ्क खोलेका थिए । घटनालाई लुकाउन खोजिए पनि बैङ्कका म्यानेजर राजेन्द्रबहादुर सिंहले आवश्यक छानविनका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बैङ्कले पत्र लेखेको स्वीकार गर्नुभयो । 
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त एवम् प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बैंककै घटना शंकास्पद देखिएकाले शंका लागेका बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँले एटीएममा तोडफोड समेत नभएको उल्लेख गर्दै घटनाबारे छानविन भइरहेको जानकारी दिनुभयो । अनुसन्धान जारी रहेकोले प्रहरीले नियन्त्रणमा लिएको कर्मचारीको नाम खुलाइएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता