२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जयरामघाट पुलको मुख्य लट्ठा राख्ने काम सुरु हुन सकेन

२०७३, ४ फाल्गुन बुधबार ०३:०२

फागुन ४, खोटाङ । नयाँ वर्ष मनाउन गएका चिनियाँ प्राविधिक नफर्कंदा खोटाङको प्रमुख नाकाका रुपमा रहेको जयरामघाटस्थित दूधकोसीमा निर्माणाधीन पक्की पुलको मुख्य लट्ठा राख्ने काम सुरु हुन सकेको छैन । 

म्याद नाघेको छ वर्षमा पनि पूरा हुन नसकेको खोटाङ र ओखलढुङ्गाको जयरामघाटस्थित दूधकोसी पुलको दुवै क्याट–वेका काम पूरा गरेर घर फर्किएका चिनियाँ प्राविधिक नआउँदा मुख्य लट्ठा राख्ने काम सुरु हुन नसकेको हो । 

पुलको दुवै पिलरको टपलाई जोडेर झोलुङ्गे पुलजस्तो देखिने क्याट–वे राखेपछि मुख्य लट्ठा राख्ने काम सुरु गर्नुपर्नेमा चिनियाँ प्राविधिक नफर्केका कारण काम सुरु गर्न नसकिएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका इन्जिनियर सीताराम कार्कीले बताउनुभयो । 

कार्कीका अनुसार विसं २०६८ असार सम्ममा पूरा गर्ने सर्तमा २०६६ साल भदौमा विक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले निर्माणको सम्झौता गरेको पुलको हालसम्म सिभिल तर्फका काम पनि करिब ९० प्रतिशत पूरा भएको छ । 

पुलको दुवै क्याट–वे राख्ने काम माघ १२ गते नै पूरा भएको थियो । क्याट–वे राख्ने काम पूरा भएलगत्तै मेन केवल (लट्ठा) राख्ने काम सुरु गरिने बताइएको थियो । चिनियाँ प्राविधिकको अभावमा मेन केवल (लट्ठा) जडानका काम सुरु गर्न नसकिएको बताइए पनि ठेकेदार कम्पनीले पुलमा टाँग्ने मेन लट्ठा हालसम्म नल्याएको पाइएको छ । आवश्यक उपकरण नल्याएसम्म पुलको मेन केवल जडानको काम सुरु हुने छाँट नदेखिएको नेकपा (एमाले) क्षेत्र नम्बर १ का अध्यक्षसमेत रहनुभएका स्थानीयवासी सुरेन्द्र राईले बताउनुभयो । 

ठेकेदार कम्पनीले पुलका लागि ३८ वटा मेन लट्ठा बाराको सिमराबाट ल्याउनुपर्छ । तर ठेकेदारले हालसम्म लट्ठा तथा स्टिल ट्रसका सामान ढुवानी गरेकै छैन । पुस ९ गतेदेखि चारजना चिनियाँ प्राविधिक जयराममा आएपछि पुलमा लट्ठा राख्ने काम सुरु गरिएको थियो । खोटाङको बाहुनीडाँडा र ओखलढुङ्गाको थाक्ले गाविस जोड्ने जयरामको पुल जिल्लाको प्रमुख नाका हो । 

जिल्लाको भविष्यसँग जोडिएको जयराममा पुल नबन्दाको प्रत्यक्ष असर अन्य विकास निर्माणमा समेत परिरहेको छ । लामो समयसम्म पुलको पिलर मात्र ठडिएको ठाउँमा लट्ठा हाल्न थालिएपछि पुल निर्माणले गति लिनेमा जिल्लावासी आशावादी देखिन थालेका छन् । करिब रु १० करोडको लागतमा निर्माण गर्ने भनिएको डेढसय मिटर लामो मोटर चल्ने पुलको सिमेन्टसम्बन्धी काम कालिका र स्टिलसम्बन्धी काम हुलासले जिम्मा लिएको सडक डिभिजन कार्यालय, हर्कपुर, ओखलढुङ्गाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ