२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बन्दले मोरङका उद्योगी व्यवसायी प्रताडित

२०७३, २६ फाल्गुन बिहीबार ०७:१६

फागुन २६, मोरङ । बन्द, हडताल, मजदुर समस्या, बजार अभाव, जस्ता समस्या झेल्दै आएका उद्योगी राजनीतिक अस्थिरता लम्बिँदा मोरङ –सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी प्रताडित भएका छन् । 

संविधान जारी भएपछि राजनीतिक अस्थिरता समाप्त भई लगानीको वातावरण बन्ने आशामा बसेका उद्योगी बन्द हडताल पुनः सुरु भएकोमा प्रताडित भएका हुन् । 

सप्तरी घटनापछि सुरु भएको तराई–मधेस बन्दले संविधान कार्यान्वयनमा देखिएको समस्याले उद्योगी नयाँ लगानी गर्न हिचकिचाइरहेका छन । सांसद एवम् मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडाले भन्नुभयोे, राजनीतिक अस्थीरता र बन्द हडतालले लगानी सुरक्षित छैन । 

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय पनि लगानी गर्ने बातावरण नभएको बताउनुहुन्छ । उहाँका अनुसार एक दिनको बन्दले मोरङ–सुनसरी औद्योगिक क्षेत्रले मात्रै रु २५ करोडभन्दा बढी प्रत्यक्ष नोक्सानी बेहोनुपर्छ । 

यो क्षेत्रको अप्रत्यक्ष नोक्सानी अवस्थामा नयाँ लगानी थपिने कल्पना गर्न नसकिने उहाँले उल्लेख गर्नुभयोे । गत वर्षको भूकम्प, छ महिना लामो तराई–मधेस बन्द, नाकाबन्दीको पीडा कम हुँदै गएको अवस्थामा सुरु भएको बन्दले उद्योगी निरास भएको उहाँले बताउनु भयो । 

राजनीतिक अस्थिरताले निजी क्षेत्र झन्झन् सङ्कटमा पर्दै गएको पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य सङ्घका महासचिव रवीन दाहालको भनाइ छ । शिक्षा क्षेत्रमा लगानी गरेका दाहाल देश हाँक्ने जनशक्ति उत्पादन गर्ने शैक्षिक क्षेत्रसमेत बन्द हडतालले थिलथिलो भएको बताउनुहुन्छ । 

डेढ दशकभन्दा लामो समयदेखिको राजनीतिक अस्थिरताले उद्योगी व्यवसायीले अर्बौं गुमाएको सङ्गठनका वरिष्ठ उपाध्यक्ष भीम घिमिरेको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू