पर्वत । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देशमा अर्को द्वन्द्व मच्चाउने बताउँदै आएका छन् । यहि फागुन २७ गतेदेखि लागू भएको स्थानीय तहको केन्द्र पायक नपरेको भन्दै पर्वतमा आन्दोलन शुरु भएको छ ।  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देशमा अर्को द्वन्द्व मच्चाउने बताउँदै आएका छन् । यहि फागुन २७ गतेदेखि लागू भएको स्थानीय तहको केन्द्र पायक नपरेको भन्दै पर्वतमा आन्दोलन शुरु भएको छ ।  "/>
2026-09-19 10:59 PM
अर्थ/विकास

संघीयताले ल्याएको किचलो ः पर्वतको जलजला गाउँपालिकामा आन्दोलन चर्कियो

पर्वत । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देशमा अर्को द्वन्द्व मच्चाउने बताउँदै आएका छन् । यहि फागुन २७ गतेदेखि लागू भएको स्थानीय तहको केन्द्र पायक नपरेको भन्दै पर्वतमा आन्दोलन शुरु भएको छ ।  उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र मिलनचोक क्षेत्रमा कायम गर्नुपर्ने माग गर्दै माझफाँटका केही वडा, धाईरीङ, शालीजा, नाग्लीवाङ र बनौका बासिन्दाले आन्दोलन चर्काएका हुन् । 

स्थानीय तह पुनसंरचनाका क्रममा जलजला गाउँपालिकाको केन्द्र साविक माझफाँट गाविसको मल्लाज कायम भएको छ । मल्लाज अपायक पर्ने र सेवा सुबिधा लिन जान असुबिधा हुने भन्दै गाउँपालिकाको केन्द्र उद्घाटनका लागि मल्लाज आउने टोलीलाई लक्षित गरेर आन्दोलनमा उत्रिएका छन् ।

http://suchanakendra.com/wp-content/uploads/2017/03/

उक्त क्षेत्रका बासीन्दाले विहिबार जिल्लामा कालो झण्डासहित ¥याली निकालेर केन्द्रको विरोध गरेका छन् । जलजला गाउँपालिकाको  केन्द्र उद्घाटन गर्नको लागि कोहि उक्त क्षेत्रमा प्रवेश गरे आफूहरुले त्यसै नछा्ड्ने भन्दै आन्दोलनकारीले नाराबाजी सहित जिल्ला समन्वय समितिको कार्यालय अगाडि धर्नामा बसेका छन् ।

उनीहरुले जलजला गाउँपालिकाको केन्द्र मिलनचोक राख्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद मरासिनीको ध्यानाकर्षण गराएका छन् ।  साविक धाईरीङ, बनौ, शालीजा, नाग्लीवाङका प्रतिनिधिको टोलीले जिल्ला समन्वय समिति र प्रशासन कार्यालयमा माग सम्बोधनको विषयमा ज्ञापनपत्र समेत बुझाएको छ ।

http://suchanakendra.com/wp-content/uploads/2017/03/

जलजला गाउँपालिकामा बार्सखर्क, माझफाँट, लेकफाँट, शालीजा, धाईरीङ, बनौ र नाग्लीवाङ गाविस समावेश गरिएको छ । आन्दोलनकारीले मिलनचोक, लुङ्दी, पर्वत बेनी क्षेत्रमा केन्द्र बनाउन माग गरेका छन् । मिलनचोकनै केन्द्र हुनुपर्ने साविकको माझफाँट गाविसका पर्वत बेनी,लुङदी र खोलाखेतका वासीन्दाको समेत माग रहेको छ ।

http://suchanakendra.com/wp-content/uploads/2017/03/

प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद मरासिनीले आवश्यक पहल गर्ने बताए । उनले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोकेका गाउँपालिका अनुसार देशभर कतिपय ठाउँमा केन्द्र नमिलेको भन्दै त्यसको विरोध भैराखेको बताउँदै त्यसको बारेमा आवश्यक प्रक्रिया के छ त्यसको बारेमा स्थानिय विकास अधिकारीसँग समन्वय गरेर त्यसको बारेमा जानकारी गराउने बताए । उनले केन्द्रको धाराणा अनुसारनै आफूहरु अगाडि बढ्ने भन्दै त्यसको लागि केन्द्रमा खबर गर्ने बताए ।

http://suchanakendra.com/wp-content/uploads/2017/03/

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो