महेन्द्र केसी पर्वत । पर्वतको उत्तरी भेगका बासिन्दाले पुर्नसंरचना आयोगका  अध्यक्षको पुत्ला दहनसहित कालो झण्डा  देखाएका छन् । जलजला गाउँपालिकाको केन्द्र तोकिए बमोजिम कायम नगरी शक्ति र व्यक्तिको आडमा मल्लाज पु¥याइएको भन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । पर्वतको उत्तरी भेगका बासिन्दाले पुर्नसंरचना आयोगका  अध्यक्षको पुत्ला दहनसहित कालो झण्डा  देखाएका छन् । जलजला गाउँपालिकाको केन्द्र तोकिए बमोजिम कायम नगरी शक्ति र व्यक्तिको आडमा मल्लाज पु¥याइएको भन्"/>
2026-09-19 10:58 PM
अर्थ/विकास

पर्वतमा पुनर्संरचना आयोगका अध्यक्षको पौडेलको पुत्ला दहनसहित कालो झण्डा प्रदर्शन

महेन्द्र केसी पर्वत । पर्वतको उत्तरी भेगका बासिन्दाले पुर्नसंरचना आयोगका  अध्यक्षको पुत्ला दहनसहित कालो झण्डा  देखाएका छन् । जलजला गाउँपालिकाको केन्द्र तोकिए बमोजिम कायम नगरी शक्ति र व्यक्तिको आडमा मल्लाज पु¥याइएको भन्दै उनीहरुले कालो झण्डा देखाएका हुन् ।

नागरिकलाई सेवा सुविधा सहज बाताबरणमा दिनको लागि ल्याइएको संघीयता र स्थानीय तहको पुर्नसंरचना अनुसार मध्यभागमा केन्द्र कायम गर्नुपर्नेमा शक्ति र व्यक्तिको भरमा केन्द्र परिर्वतन भएको भन्दै उनीहरुले पुर्नसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेललाई शनिबार पर्वतमा आएको बेलामा कालो झण्डा देखाएका हुन् भने जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन आउने क्रममा विहिबार पुत्ला समेत दहन गरेका थिए । पौडेल विरुद्ध नाराबाजी लगाउँदै र केन्द्र परिर्वतनको माग गर्दै उनीहरुले कालो झण्डा देखाएका थिए ।

एक साता देखि चरणबद्ध आन्दोलनमा होमिएका जलजला गाउँपालिकाका मल्लाज माझफाँट बाहेक अन्यन्त्र गाविसका बासिन्दाहरुले स्थानीय तहको पुर्नसंरचना अनुसार केन्द्र कायम गर्दा गलत ठाउँ र भुगोलका हिसाबले पनि टाढा केन्द्र कायम भएको भन्दै सो गतिविधि गरेका छन् । उनीहरुले केन्द्रको स्थापना र कार्य संचालन गर्नको लागि कुनै पनि कर्मचारीलाई सो स्थानमा नजानको लागि समेत आग्रह गरेका छन् ।

आत्रेय गोत्रिय पौडेल समाजको प्रथम साधारण सभा तथा अधिबेशन उद्धघाटन गर्न गृह जिल्ला आएका  पौडेललाई  आन्दोलनकारीले कालो झण्डा देखाइएर विरोध गरेका थिए । पौडेले स्थानीय समन्वय समितिले सिफारिस गरेको ठाउँलाई केन्द्रमा नराखि शक्ति र दलको भरमा केन्द्र परिर्वतन गरेको भन्दै कालो झण्डा देखाएका हुन् । पुर्नसंरचना आयोगका अध्यक्षले पदिय दुरुपयोग गरेको समेत उनीहरुको आरोप छ ।


धाईरीङ, शालीजा, नाग्लीवाङ ,बनौ  खोलाखेत फटके ढुङ्गलगायत  स्थानीयलाई दुई गाउँ र एक नगरपालिका घुमेर केन्द्र पग्नु पर्ने  स्थानमा   केन्द्रको निर्धारण गरिएको आरोप लगाएका छन् । उनीहरुले स्थानीय तहको पुर्नसंरचना र आयोगको सिद्धान्त र संविधानले उल्लेख गरेको अधिकार स्थानीय तहमा प्रत्याभूत गराउनको लागि भन्दा पनि शक्तिकेन्द्रको रुपमा जनतालाई थप सास्ति दिने काम भएको आरोप लगाएका छन् ।

आन्दोलनमा उत्रिएका स्थानियहरुले केन्द्र निर्धारण माग बमोजिम नभएमा स्थानीय तहको निर्वाचनमा समेत भाग नलिने बताएका हुन । 


यता स्थानीय तह पुनसंरचना आयोगका अध्यक्ष वालानन्द पौडेलले भने स्थानीय तहको निर्वाचनपछि मात्र  केन्द्र निर्धारण गर्न सकीने कानुनी प्राबधान रहेका कारण केन्द्रको विषयमा आन्दोलन नगर्न स्थानीयहरुलाई आग्रह गरे । पौडेलले स्थानीय सार्वभौम सक्ता निर्वाचीत प्रतिनिधिहरुका निहीत रहने हुदाँ आन्दोलनमा उत्रिएकाहरुलाई  स्थानीय तह निर्वाचनमा सहयोग पु¥याउन आग्रह गरे ।

पाँच गाउँपालिका र दुई नगरपालिकामा रहेको  पर्वतमा अन्य स्थानीय तहमा कार्यलय व्यवस्थापन  भई  काम शुरु भईसकेको भएपनि  जलजला गाउँ पालिकाको  कार्यलय व्यवस्थापन हुन सकिराखेका छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो