चैत ८, लहान । सिरहामा पेट्रोलियम पदार्थको कृत्रिम अभावका कारण उपभोक्ता मरमा परेका छन् । 

विशेषगरी दुईपाङ्ग्रे साना सवारी साधनका चालकले लाइनमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ८, लहान । सिरहामा पेट्रोलियम पदार्थको कृत्रिम अभावका कारण उपभोक्ता मरमा परेका छन् । 

विशेषगरी दुईपाङ्ग्रे साना सवारी साधनका चालकले लाइनमा"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिरहामा पेट्रोलियम पदार्थको अभाव

२०७३, ८ चैत्र मंगलवार ०८:३५


चैत ८, लहान । सिरहामा पेट्रोलियम पदार्थको कृत्रिम अभावका कारण उपभोक्ता मरमा परेका छन् । 

विशेषगरी दुईपाङ्ग्रे साना सवारी साधनका चालकले लाइनमा बसेर पनि पेट्रोलको अभाव भोगिरहेका छन् । लहान, गोलबजार, मिर्चैया, सिरहा माड्र, बन्दीपुरलगायत बजार तथा जिल्लाको ग्रामीण भेगमा रहेका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव भएको छ । घन्टौँसम्म लाइनमा बस्दा पनि पेट्रोल नपाएपछि मिनरल वाटर र मदिराका बोतलमा रु एक सय ५० प्रतिलिटरका दरले पेट्रोल किनेर प्रयोग गर्नु परिरहेको सिरहा माड्रका रामानन्द गुप्ता बताउनुहुन्छ । 

प्रतिलिटर रु एक सय दुई पर्ने पेट्रोल लिन घन्टौँ लाइन लाग्दासमेत पाउन नसकेको उहाँले बताउनुभयो । सहज रुपमा पटो«लियम पदार्थ आपूर्ति भइरहेको भए पनि तस्कर र पम्प सञ्चालकको मिलेमतोमा ग्यालेनमा भरेर भारतीय बजार पठाउने गरेको सर्वसाधारणको गुनासो छ । 

सीमावर्ती भारतीय बजारमा पेट्रोल नेपालभन्दा करिब चार रुपैयाँ प्रतिलिटर महङ्गो पर्छ । सोही कारण नेपालबाट भारततर्फ पेट्रोल तस्करी हुने गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले पेट्रोल पम्पको अनुगमन गर्न चासो नदिएको उपभोक्ताको गुनासो छ । 

गोलबजारस्थित नवदुर्गा ट्रेडर्स पेट्रोल पम्पका सञ्चालक रामसगुन यादव एकपल्ट बिक्री वितरण प्रक्रिया खल्बलिँदा सहज हुन कम्तीमा १५ दिन लाग्ने बताउनुहुन्छ । ट्याङ्कर सञ्चालकको आन्दोलन, मधेसमा फागुनको तेस्रो हप्ता भएको बन्द हडताललगायत कारणले पेट्रोलियम पदार्थको आपूर्ति केही असहज भएको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी