चैत ९, रोल्पा । रोल्पाको जलजलामा शान्तिवाटिका तथा सहिद स्मारक निर्माण गर्नका लागि राष्ट्रिय सहिद तथा शान्ति पार्क (स्मारक) निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष सुद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ९, रोल्पा । रोल्पाको जलजलामा शान्तिवाटिका तथा सहिद स्मारक निर्माण गर्नका लागि राष्ट्रिय सहिद तथा शान्ति पार्क (स्मारक) निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष सुद"/>
2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहिद स्मारक निर्माण गर्न थबाङ र जलजलाको अनुगमन

चैत ९, रोल्पा । रोल्पाको जलजलामा शान्तिवाटिका तथा सहिद स्मारक निर्माण गर्नका लागि राष्ट्रिय सहिद तथा शान्ति पार्क (स्मारक) निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले यसै साता थबाङ हुँदै जलजलाको अवलोकन भ्रमण गर्नुभएको छ । 

सिग्देललाई नेपाली काँग्रेसका सांसद तथा पार्टी सभापति अमरसिंह पुनले विभिन्न स्थानको अनुगमनमा साथ दिनुभएको थियो । केन्द्रस्थित पार्क व्यवस्थापन समितिले देशका विभिन्न आन्दोलनका विभिन्न कालखण्डका महान सहिदको केन्द्रीय पार्कमा अभिलेख उतार गर्ने गर्दछ । 

यसरी अध्ययन तथा अनुगमनपश्चात् गुरुयोजनाले निर्दिष्ट गरेका महान् सहिदको अङ्ग्रेजी र नेपालीमा सहिद पिलर नामकरण गर्नाका साथै सङ्ग्रहालयमा सहिद तथा शान्तिसम्बन्धी जति पनि दस्तावेज छन् तिनलाई सङ्कलन गरी शान्ति अध्ययन केन्द्र निर्माण गर्नुपर्ने भएकाले अध्ययन तथा अनुगमनका लागि आफू रोल्पाको लिबाङ, थबाङ हुँदै जलजलासम्म पुगेको सिग्देलले जानकारी दिनुभयो । 

उहाँका अनुसार अन्य जिल्लाको तुलनामा रोल्पामा सहिद बढी भएको र शान्ति प्रक्रियामा रोल्पाको अहम् भूमिका भएको हुँदा शान्ति पार्क तथा सहिद स्मारक निर्माणका लागि पहिलो चरणमा रोल्पाको अध्ययन तथा अनुगमन गरिएको हो । 

जलजलालगायत जिल्लाका जुनसुकै उपयुक्त स्थानमा सहायक पार्क निर्माणका लागि जिल्लाका राजनीतिक दल, नागरिक समाज, सहिद परिवार तथा अन्य सरोकारवाला निकायसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आगामी आवसम्म सम्पन्न गरी गुरुयोजना तयार पार्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अगाडि बढाउने उहाँले जानकारी दिनुभयो । 

देशका सातवटै प्रदेशमा छुट्टाछुट्टै सहायक पार्क निर्माण गर्ने उद्देश्य रहेको भएपनि रोल्पाका सांसद अमरसिंह पुनले पटक पटक रोल्पाको जलजलालाई शान्तिवाटिका तथा सहिद स्मारक बनाउन प्रस्ताव गरेको हुँदा उहाँको सुझावअनुरुप पहिलो चरणमा अध्ययन तथा अनुगमनका लागि थबाङ हुँदै जलजला पुगेको सिग्देलले जानकारी दिनुभयो । 

रोल्पाको थबाङ हुँदै जलजलामा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सके यी स्थानलाई पर्यटकीय नगरका रुपमा विकास गर्न सकिने उहाँको धारणा छ । 

यस्तै, जलजला अत्यन्त सुन्दर तथा मनमोहक ठाउँ भएको हुँदा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा चिनाउन सकिने उहाँले बताउनुभयो । साथै भौगोलिक बनौटका आधारमा पनि जलजला उच्च स्थानमा रहेको र यहाँ विभिन्न किसिमका जडीबुटी तथा वनस्पति पाइने भएको हुँदा पनि यसको संरक्षण र संवद्र्धनमा सबैको ध्यान जानुपर्नेमा उहाँको जोड छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई