ताराबहादुर महत, चैत्र १०। दोलखा । दोलखाको पश्चिमतर्फको उत्तर–दक्षिण मार्गको रुपमा परिचित मुडे–मेलुङ्ग सडक निमार्णको कार्यमा भएको ढिलाईप्रति एमाले शैलुङ्ग गाउँपालिकाले विरोध जनाएको छ ।

ठेकेदारले निमार्ण कार्य अघि बढाउन नचा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत, चैत्र १०। दोलखा । दोलखाको पश्चिमतर्फको उत्तर–दक्षिण मार्गको रुपमा परिचित मुडे–मेलुङ्ग सडक निमार्णको कार्यमा भएको ढिलाईप्रति एमाले शैलुङ्ग गाउँपालिकाले विरोध जनाएको छ ।

ठेकेदारले निमार्ण कार्य अघि बढाउन नचा"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुडे–मेलुङ्ग सडक समयमै नबने एमाले आन्दोलनमा जाने

२०७३, १० चैत्र बिहीबार १२:२३

ताराबहादुर महत, चैत्र १०। दोलखा । दोलखाको पश्चिमतर्फको उत्तर–दक्षिण मार्गको रुपमा परिचित मुडे–मेलुङ्ग सडक निमार्णको कार्यमा भएको ढिलाईप्रति एमाले शैलुङ्ग गाउँपालिकाले विरोध जनाएको छ ।

ठेकेदारले निमार्ण कार्य अघि बढाउन नचाहेको र सडक विभागले ठेक्का तोड्न नचाहेको कारण सडक निमार्ण कार्यमा ढिलाई भएको एमाले शैलुङ्ग गाउँपालिकाका संयोजक धनबहादुर तामाङद्वारा आज जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘‘समयमै सडक निमार्ण नहुँदा हिउँदमा धुँवा, धुलो र खाल्डाखुल्डी तथा बर्षायाममा हिलोको समस्याले नियमित रुपमा यातायात शुचारु नहुँदा यस क्षेत्रका नागरिकले बार्षिक करोडौँको क्षति व्यहोर्नु परेको छ’’ विज्ञप्तीमा भनिएको छ ।

२०५४ सालको स्थानिय निर्वाचनपछि जिल्ला विकास समितिको नेतृत्व नेकपा एमालले गरेको समयमा ट्र्याक खनेर शुरु गरेको सडक निमार्ण कार्य एक हप्ताभित्र शुरु गरी २ महिनाभित्र नसकेमा स्थानियको सहयोग लिएर कडा आन्दोलनमा उत्रने चेतावनी एमाले शैलुङ्ग गाउँपालिकाले दिएको छ ।

२०७१ असार ३१ मा १८ करोडको लागतमा २ बर्षभित्र निमार्ण सम्पन्न गर्ने गरी लामा विल्डर्ससँग ठेक्का सम्झौता भएको भएपनि ठेकेदारले विविध कारण देखाई तोकिएको अवधिमा काम गर्न नसकेकोले एक बर्ष समय थप गरिएको थियो । थपिएको समयमा पनि सन्तोषजनकरुपमा काम नभएको भन्दै एमालेले विरोध जनाएको बताईएको छ ।

शैलुङ्ग र मेलुङ्ग गाउँपालिकाभित्र पर्ने यो सडक खण्ड निमार्ण पश्चात्त पर्यटकिय स्थलको रुपमा चर्चित शैलुङ्ग क्षेत्रमा पर्यटकिय विकास र त्यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुले राम्रो बजार पाउने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ