2026-09-19 02:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रथम दार्चुला महोत्सव तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय पर्यटन मेला शनिबार सकिँदै


लोकेन्द्र प्रशाद जोशी/चैत ११, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा उद्योग वाणिज्य संघ दार्चुलाको आयोजनामा पहिलोपटक हाम्रो गौरव हाम्रो शान, दार्चुला महोत्सव हाम्रो पहिचान भन्ने मूल नाराका साथ गत सनिबारबाट सञ्चालन भएको प्रथम दार्चुला महोत्सव तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय पर्यटन मेला २०७३ को सातौ दिन चर्चीत लोक तथा दोहोरीगायक बद्री पंगेनी सबैका आकर्षका केन्द्र बिन्दु बनेका थिए । 

कला र गलाका धनी बद्री आउने थाहा पाएपछि गत दिनहरुभन्दा निकै बढी दर्शकहरु महोत्सबमा सहभागी भएका थिए । भने पंगेनीले बालक देखी बृद्धसम्म सबैका गीत गाएर दर्शकहरुलाइ कतिबेला रुवाए त कतिबेला सबैलाइ नचाइ रहेका थिए । 

विदेशी छोराको पीडा आमा विदा पाउँदिन गीत गाएपछि महोत्सव हेर्न आएका हजारौ आमाहरुको आँखाबाट आसु खसेको थियो । दर्शकको मन जीत्न सफल कलाकार पंगेनीले राष्ट्यिता सम्बन्धी गित समेत प्रस्तुत गर्नुभएको थियो । यस्तै उहाँले राष्ट्यि राजनीतिमा ठूला तिन दल मिल्नुको विकल्प नरहेको बताउनुभयो । 

बद्री पंगेनी आउने सुनेपछि हजारौ दर्शक आज महोत्सव हेर्न आएका थिए । केहि बेर हावाहुरीले अवरोध गरेपनि बद्रीको गीत सुन्न दर्शकको भीड लागेको थियो । महोत्सवमा कलाकार बद्री पंगेनीले मिचिएको सुस्ता र कालापानीमा फिर्ताको सवाल उठाएका थिए । 

दार्चुला महोत्सवमा नेपाल र भारतका जनता मिलेर वसेपनि दिल्लीले नेपालीलाई दुख दिएको भन्दै नेपाली भुमी नेपालीले नै पाउनुपर्ने गीत गाएका थिए । बद्रीले राष्ट्यिताको गीत गाएपछि दर्शकले हुटिङ गर्दै समर्थन जनाएका थिए । 

दिनमा मैसमको प्रतिकुलताका कारण केहि समय मेला प्रभाबित भएपनि केहि समयपछि बद्री पंगेनिको गीत सुनेपछि महोत्सबस्थलमा दर्शकहरुको भिड लागेको थियो । करिब ३ बजेतिर एक्कासी आएको हावाहुरीका कारण महोत्सब स्थलको चारैतिर लगाएको घेरबार भत्कीएको थियो भने मञ्च समेत प्रभाबित र दर्शकहरुको भागाभाग भएको थियो ।

 जिल्लाभरी रहेका ऐतिहासिक पर्यटकीय तथा सांस्कृतिक धार्मिक स्थलहरुको पहिचान संरक्षण गर्न, जिल्लाको स्थानीय कषि, पशु, वन, घरेलु, उद्योग, आदीको प्रचार प्रसार तथा बजारीकरण, स्थानीय भाषा संस्कृति कला मनोरञ्जन क्षेत्रको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरीएको महोत्सव एवं पर्यटन मेलामा सोचेभन्दा बढि दर्शकहरुले अबलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिह थापाले जानकारी दिनुभयो । 

बाह्य जिल्लाहरु र बिदेशमा निर्मीत समानका पसलहरु बढी भएका कारण स्थानीय दार्चुला जिल्लाकै बिभिन्न क्षेत्रमा पाइने प्रसिद्ध जडिबुडी, लगायत कृषिजन्य उत्पादन र स्थानीय उत्पादन बाट बनेका बिभिन्न मौलीक सामाग्रीहरुको बिक्रिबितरण सोचे अनुरुप हुन नसकेको ब्यबसायिहरुले गुनासो गरेका छन । 

तर समग्रमा महोत्सव स्थलमा दार्चुलामा उत्पादन हुने जडिबुडी, कृषि सामाग्री, लगायत सामाग्रीहरुको स्टलमा मेलामा सहभागीहरुको आकर्षण देखीएको छ । महोत्सबमा जिल्लामा बुनिने राडी पाखा गलैचा जस्ता वस्तुहरु स्टलमा राखिएका छन् । यस्तै निंगालोबाट उत्पादन भएका सामाग्री हस्तकलाका सामाग्रीहरु समेत राखिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई