Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

खोटाङमा धार्मिक महोत्सवबाट दुई करोड सङ्कलित

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १३, खोटाङ । दिक्तेल बहुमुखी क्याम्पसको सहयोगार्थ दिक्तेल, माटिकोरे खेलमैदानमा आयोजना गरिएको शैक्षिक तथा धार्मिक महोत्सवमा रु दुई करोडभन्दा बढी रकम सङ्कलन भएको छ ।

क्याम्पसलाई मुलुककै नमुना क्याम्पस बनाउन सहयोग रकम जुटाउने उद्देश्यले आयोजित एकहप्ते शैक्षिक तथा धार्मिक महोत्सवमा अन्तिम दिन शनिबार रु दुई करोड १७ लाख ३१ हजार ३३१ सङ्कलन भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक देवी रिजालले जानकारी दिनुभयो ।

विसं २०३७ मा स्थापित क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका विभिन्न सङ्कायतर्फका विषय थप गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि स्रोत जुटाउन शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको क्याम्पस प्रमुख डा शुकराज राईले बताउनुभयो । महोत्सवमा सङ्कल्पकर्ता गोविन्दशरण महाराजजी र मीरादेवीले प्रवचन दिनुभएको थियो ।

त्रिविको सम्बन्धनमा २०७० सालदेखि पहिलो पल्ट मानविकी सङ्कायतर्फ नेपाली विषयमा स्नातकोत्तर तहको कक्षा सुरु गरिएकामा महोत्सवबाट जम्मा भएको रकमले अन्य सङ्कायतर्फका विषय थप गरिने जनाइएको छ । जिल्लाकै सबैभन्दा पुरानो क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसमा अहिले भौतिक पूर्वाधार अभावमा पठनपाठन गर्न समस्या देखिएको छ । रासस