पढ्न करिब 3 मिनेट लाग्छ

सास । चैत्र १९, बर्दिया ।

प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले आफू सिडियो (जिल्ला प्रमुख) नभएको भए उद्योगपति बन्ने कुराको रहस्योद्घाटन गर्नुभएको छ ।

नेपाल सरकार यसवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिको कार्यालय बर्दियाले आयोजना गरेको उद्यमशीलता र रोजगारी विषयक १ दिने परामर्श कार्यक्रमको समापन सत्रमा आफ्नो विचार राख्दै प्रमुख जिल्ला अधिकारी थापाले यस्तो कुरा बताउनुभएको हो ।

वहाँले हालै स्थानीय निर्वाचनको सन्दर्भमा बर्दियामा १२ सय म्यादी प्रहरी मागिएकोमा ५२ सय जतिले फारम भरेको बताउनुहुँदै अझै अवधि बढाएको भए ८÷१० हजारको संख्यामा आवेदकहरु हुने बताउनुभयो । यही प्रसङ्गलाई हामीमा जगीर गर्ने क्षमता र उद्यमशीलताको विकास भैदिएको भए आज बेरोजगारी युवाहरुको यो भीड देख्न पर्दैनथ्यो, जिल्ला प्रूमुखले बताउनुभयो ।

२ महिना जति काम गरेर जम्मा २५÷३० हजारका लागि यति धेरै भिड भएको पनि हामीमा उद्यमशीलता नभएको कारणले गर्दा हो भन्नुहुँदै विद्यालय जीवनबाट नै उद्यमशीलताको विकास आवश्यक रहेको कुरा औंल्याउनुभयो । वैदेशिक रोजगारीका लागि युवायुवतीहरु ठगीमा परेर जाँदा अत्यन्तै दुःख पाउने गरेकोले सक्षम तथा दक्ष भएर मात्रै वैदेशिक रोजगारीमा जानका लागि सहभागी युवाहरुलाई सल्लाह दिनुभयो ।

साथै प्रमुख जिल्ला अधिकारी थापाले आफ्ना जीवनका भोगाइहरुलाई अत्यन्तै रोचक तरीकाबाट प्रस्तुत गर्दा सहभागी युवाहरु निकै ध्यान दिएर सुनिरहेका थिए । जस अन्तर्गत वहाँले पर्वत जिल्लामा जसमाया गुरुङ्गले अल्लो प्रशोधन गरेर यसको रेशाबाट धागो बनाएर बाटेर कपडा बनाउँदा बनाउँदै आज ठूलै उद्यमी बनेको उदाहरण सुनाउनुभयो । साथै वहाँले आफ्ना बाल्यकालका रमाइला अनुभुतिहरु प्रस्तुती गर्नुहुँदै आँफूले गरेको मिहिनेतका कारणले गर्दा अर्घाखाँचीको ग्रामीण विद्यालयबाट एसएलसी गरेर काठमाडौं गएर संघर्ष गरेको अनुभव सुनाउनुहुँदै सँगै पढेका शहरका साथीहरु धेरै पछाडी परेको बताउनुहँदै जसले मिहिनेत गरेको छ, उ नै जीवनमा सफल बन्छ, जाँगर चलाएपछि सिप प्रकृतिले दिएको छ त्यसैले केही न केही सिप हामीले सिक्नै पर्छ’, प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले बताउनुभयो । साथै आफू जागीरबाट निवृत्त भएपछि पनि जीवन बाँकी रहने भएकोले एउटा पेशा गरुँला भनेर सोच बनाएकोले आफूमा भएको सिर्जनात्मक सिपको सदुपयोग गर्नु पर्छ भन्ने सल्लाह सहभागी युवाहरुलाई दिनुभयो ।

परामर्श कार्यक्रममा परामर्श दिनुहुँदै घरेलु तथा साना उद्योग कार्यालयका उद्याेग अधिकृत महेन्द्रसिंंह रावल ….

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिको कार्यालयले आयोजना गरेको उद्यमशीलता र रोजगारी विषयक १ दिने परामर्श कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका उद्योग अधिकृत महेन्द्रसिंह रावलले उद्यमी र उद्यमशीलताको परिचय एवम लघु घरेलु तथा साना उद्योग दर्ता प्रक्रिया सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो भने जिल्ला युवा समितिको कार्यालयका प्रमुख नीलकण्ठ रेग्मीले कार्यालयको परिचय तथा संरचना, नेपालमा युवाहरुको वर्तमान अवस्था, युवा विकासका प्रमुख कार्यनीतिहरु, संस्थागत व्यवस्था र १४औं योजनामा युवा विकास सम्बन्धी लक्ष्य नीति तथा कार्यक्रमको विषयमा सहजीकरण गर्नुभएको थियो ।

परामर्शमा सहजीकरण गर्नुहुँदै कार्यालका प्रमुख नीलकण्ठ रेग्मी ….

साथै, परामर्श कार्यक्रममा बर्दियाली कलाकर्मी तथा सञ्चारकर्मी प्रभात सुवेदीले आफ्ना विभिन्न साङ्गीतिक प्रस्तुतीहरुका माध्यमबाट युवाहरुलाई स्वरोजगारतर्फ सोच बनाउन र वैदेशिक रोजगारीको मोह त्याग्नका लागि प्रेरित गर्नुभएको थियो ।

कार्यक्रममा श्री ध्रुब मा.वि. तुलसीपुर, श्री महाकवी देवकोटा मा.वि. गुलरिया, श्री विद्या ज्योति माध्यमिक विद्यालय कण्ठपुर र श्री बगालमुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका कक्षा १२ का ४ दर्जन बढी युवाहरुको सक्रिय सहभागीता रहको थियो ।

कार्यक्रममा सहभागी युवाहरु ……