पढ्न करिब 2 मिनेट लाग्छ

विमल धामी/चैत २४, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिका वडा नं. २ मा खानेपानी निर्माण कार्य शुरु भएको छ ।

खानेपानी निर्माण कार्यका लागि सेती महाकाली ड्रिल उद्योगले ठेक्का पाएको बेल्डाँडी गाउँपालिकाका सुचना अधिकृत राज बहादुर बिष्टले जानकारी गराउँनु भयो । बेल्डाँडी खानेपानीका लागि ५० लाख बिनियोजन भएको जिल्ला खानेपानीले जनाएको हो ।

बेल्डाँडी साविक नगरपालिकाका १,२ र ३ नं. लाई पायक पर्ने गरि खानेपानी निर्माण कार्य शुरु भएको हो । बेल्डाँडी गाउँपालिकाले खानेपानीका लागि पुरानो ईलाका प्रहरी कार्यालयको ५ कट्टा जमिन दिईएको बेल्डाँडी सर्वदलिय नेता सन्देश पाण्डेयले जानकारी गराउँनु भयो ।

उनले भने “ बेल्डाँडीमा खानेपानीमा आर्सनीकको मात्रा धेरै भएको र विकासको पुर्वाधार मध्ये अति आवश्यक आधार खानेपानी भएकाले आफुहरुले खानेपानीका लागि पटक पटक माग गर्दै आएको बताए ।”

बेल्डाँडीको खल्ला क्षेत्र बैवाह भिलमिलाका र खैरीघाटका लागि पनि २ ठाउँमा ट्याङ्की निर्माणका लागि पहल गरिएको पाण्डेयले जानकारी गराउनु भयो । बेल्डाँडी खानेपानीका लागि यो भन्दा पहिले जनक धामीको नेतृत्वमा बेल्डाँडी खानेपानी उपभोक्ता समिति गठन भएको तर एक्लौटी ढंगले समिति बनाएको भन्दै अधिकांश स्थानियहरुले समिति खारेजको लागि जिल्ला खानेपानीमा उजुरी निवेदन दिएपछि खानेपानी उपभोक्ता सिमिति गठन प्रकृया रोकिएको थियो ।

समिति नभएको अवस्थामा जिल्ला खानेपानीले निर्माण कार्य नरोकिने भन्दै काम अगाडी बढाउन निर्माण कम्पनिलाई निर्देशन दिएको हो । बेल्डाँडीमा खानेपानी ट्याङ्की निर्माण कार्य शुरु भएको देखेर बेल्डाँडीका स्थानिय हर्षित भएका छन् । बेल्डाँडी वडा नं. २ का स्थानिय ब्यापारी बिष्णु उपाध्यायले भने “ स्वास्थ्यका लागि शुद्ध खाने पानी बेल्डाँडीमा अति आवश्यक भएको बताए । सो निर्माण कार्य देखेर आफुहरु हर्षित भएको बताए ।

यसरी बेल्डाँडीमा खानेपानीको कार्य पहिलो पटक लागु हुदा स्थानियहरुमा खुसी छाएको छ । बेल्डाँडी गाउँपालिकाको धेरै आर्सनीक भएको क्षेत्र बैवाह, इमलिया, झिलमीला र खैरीघाट रहेको एक अध्यनले जनाएको छ ।

उक्त ठाउँमा खानेपानी ब्यवस्थापनका लागि स्थानियहरुले जोडदार माग गर्दै आए पनि स्थानियको आवाज राज्यले नसुनिदिएको प्रति स्थानियहरु चिन्तित बनेका छन् । स्थानिय स्तरका नेताहरुले खानेपानीका लागि पहल भएको भन्दै आसवासन दिदै आएका छन् ।