2026-09-18 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्दाबाट ठोट्नेरी गाउँमा सडक

चैत २४, म्याग्दी । बेनी नगरपालीका–३ भकिम्लीको ठोट्नेरीका स्थानीय बासिन्दाले चन्दा जुटाएर गाउँमा सडक पु¥याएका छन् । 

स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर साविक भकिम्ली गाविस–५ मा पर्ने डाँडाखानीदेखि ६ नम्बर वडा ठोट्नेरीसम्म जोड्ने छ किलोमिटर सडक निर्माण गरेका हुन् । 

साविक भकिम्ली गाविसले रु एक लाख अनुदान उपलब्ध गराएको डाँडाखानी–ठोट्नेरी सडक योजना सम्पन्न गर्न स्थानीय बासिन्दाले रु पाँच लाख चन्दा र रु एक लाख बराबरको श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष धनबहादुर श्रीसले बताउनुभयो । 

सडक निर्माणका लागि धनलाल जैसीले रु एक लाख, भीम रोकाले रु ५० हजार, आमा समूहले रु ५० हजार, वीरबहादुर श्रीसले रु ३० हजार, खिमबहादुर छन्त्यालले रु २५ हजार र रुपा क्षेत्रीले रु २० हजार सहयोग गर्नुभएको थियो । ठोट्नेरीका ७० घरधुरीले न्यूनतम रु पाँच हजारका दरले चन्दा सहयोग गरेका छन् । 

बागलुङको धम्जा, सिगानासम्म पु¥याउने लक्ष्य राखिएको यो सडक निर्माण भएपछि ठोट्नेरीका स्थानीय बासिन्दालाई आवतजावत, सामान ढुवानी र कृषि तथा पशुजन्य उत्पादन निकासी गर्न सहज भएको छ । धार्मिक तथा पर्यटकीय स्थल स्वर्गाश्रमको विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई