२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा ३ महिने सिलाइ-कटाइ र गलैचा बुनाइ तालीम सुरु

२०७३, २७ चैत्र आईतवार १५:३१

लोकेन्द्र प्रशाद जोशी | चैत्र २७, दार्चुला | राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्तरगत दार्चुला जिल्लामा ३ महिने सिलाइकटाइ र गलैचा बुनाइ तालीमको आइतबार एक औपचारीक कार्यक्रमका बिच उद्घाटन भएको छ । महिला तथा बालबालीका कार्यालय दार्चुलाका महिला बिकास अधिकृत बिष्णुमाया पौडेलको अध्यक्षता तथा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी बाशु प्रशाद कोइरालाको प्रमुख आतिथ्यिमा तालीमको उद्घाटन भएको हो । 

तालीममा २५ जना सिलाइकटाइ र १० जना गलैचा बुनाइ गरी जम्मा ३५ जना महिलाहरुको सहभागीता रहेको छ । महिला तथा बालबालीका कार्यालय दार्चुलाले आर्थीक सहयोग गर्नेगरी ग्रामिण बाताबरण तथा उद्यम बिकास समाज नेपाल लाइ तालीम सञ्तालनका लागी छनोट गरी तालीमको जिम्मा दिएको छ । तालीममा सहभागिता जनाउँनकोलागी जिल्लाभरीबाट २ सय ५२ महिलाहरुको आवेदन परेकोमा जिल्लामा विभिन्न क्षेत्रका बिपन्न महिल, तथा विद्यालय विमुख किशोर किशोरी, दलित, अपाङग, एकल, हिसां एब. द्धन्द पिडित महिलालाइ प्रार्थमिकतामा राखेर ३५ जना छनोट गरीएको महिला बिकास अधिकृत बिष्णुमाया पौडेलले जानकारी दिनुभयो । 

दार्चुला जिल्लाका साबिकका सम्पुर्ण गाबिसबाट एक जनाको प्रतिनिधित्व हुने गरी कार्यक्रम सञ्चालन गरीएको भएपनि साबिकका घुसा, रानिसिखर, गुल्जर र सेरी गाबिसबाट आबेदन नपरेकोले बाकी अधिकासं गाबिसका महिलाहरुको सहभागिता रहेको महिला तथा बालबालीका कार्यालय दार्चुलाका महिला बिकास अधिकृत पौडेलले बताउँनुभयोे । दार्चुलाको लागि १४ वटा कार्यक्रम प्रस्तावित गरिएकोमा समुह निमार्ण गर्न अन्य कार्यक्रममा आबेदकहरुको संख्या नपुगेको कारण छनोट समितिले सिलाइकटाइ र गलैचा बुनाइगरी २ कार्यक्रम छनोट गरी तालीम सञ्चालन गरीएको हो । राष्ट्पति महिला उत्थान कार्यक्रमको लागि ३० जिल्लाको लागि ३० करोड ५० लाख बढि रुपैयाँ बजेट विनियोजन भएकोमा दार्चुला जिल्लाको लागी १६ लाख बजेट बिनियोजन भएको छ । 

लैगिंक विभेदको अन्त्य, सीप तथा उद्यमशीलताको विकास, महिला सशक्तिकरणको लागी सरकारले महिलाहरुकोलागी कार्यक्रम लागु गरेको हो । मानव विकास सूचाकाङ्कमा पछि परेका सुदूरपश्चिमको दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, डोटी, अछाम, र बाजुरा गरी ७ जिल्लामा यो कार्यक्रम लागू हुने भएको हो । तालीम अवधिभर सिलाइकटाइको पशुपति ठगुन्ना र गलैचा बुनाइको मञ्जु बुढाथोकीले प्रशिक्षण गर्ने ग्रामिण बाताबरण तथा उद्यम बिकास समाज नेपाल रिड्स दार्चुलाका कार्यकारी निर्देशक जगदिश चन्द्र अवस्थीले जानकारी दिनुभयो । 

कार्यक्रमको उद्घाटनपछि कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बाशु प्रशाद कोइरालाले तालीमका सहभागिहरुलाइ सक्रियातापुर्बक सिप सिकेर ब्यबसायीक रुपमा काम गरेर आत्मनिर्भर बन्न सुझाब दिनुभएको छ । अहिलेसम्म धेरै तालीमहरु सञ्चालन भएपनि खासै प्रभाबकारी नदेखीएको भन्दै कोइरालाले राष्ट्रपती महिला उत्थान कार्यक्रममा सरकारको समेत ठुलो लगानी भएकोले तालीम तालीममा मात्र सिमित नराखी आफ्नै खुट्टामा उभिएर जिबिकोपार्जन गर्ने अवसरको रुपमा लिनसक्नुपर्ने बताउँनुभयो । यस्तै कार्यक्रममा महिला बिकास अधिकृत बिष्णुमाया पौडेलले तिन महिने तालीमपछि सहभागिहरुको सिप परिक्षण गरीने भएकोले तालीममा सिकाएका कुराहरु ब्यबहारीकरुपमै सिक्न सक्नुपर्ने बताउँभयो । साथै तालीमपछिको सिप परिक्षणमा उत्तिर्णहुने महिलाहरुलाइ ब्यबसाय सञ्चालनको लागी समेत कार्यालयले सक्दो सहयोग र पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । 

तालीममा सिलाइकटाइमा छनोट भएका सहभागि भागरथी देबी भन्डारीले नेपाल सरकारकै सहयोगमा तालीम लिन पाउँदा एकदमै खुसि भएको भन्दै तालीमपछि ब्यबसाय गर्ने बताउँनुभएको छ । यस्तै गलैचा बुनाइको तालीममा सहभागी बसुन्धरा पालले दार्चुला जिल्लाको मैलीकता बोकेको गलैचा बुनाइलाइ सबैको सहयोग पाएमा ब्यबसायिक रुपमा गर्ने बताउँनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी