२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अझै लेकम गाउँपालीका वडा कार्यालय उद्घाटनमै

२०७३, २७ चैत्र आईतवार १५:३२

लोकेन्द्र प्रशाद जोशी | चैत २७, दार्चुला | लेकम गाउँपालीकाको वडा नम्बर ६ को वडा कार्यालय आइतबारमात्र उद्घाटन भएको छ । साबिकको रिठाचौपाता गाबिसको वडा नम्बर १, ४, ५, ६ र ७ नम्बर वडा मिलाएर गाउँपालीकोको वडा निर्धारण गरीएको हो । 

वडा कार्यालयका सचिब दिर्घमति जोशीको अध्यक्षता तथा लेकम गाउँपालीकाका कार्यकारी अधिकृत दिपक कुमार नेपालीको प्रमुख आतिथ्यतामा उचाकोटमा कार्यालयको उद्घाटन गरीएको हो । दार्चुला जिल्लामा संघिय संरचनाअनुसार ७ गाउँपालीका र २ नगरपालीका गरी ९ स्थानीय तह निर्धारण भएपश्चात कार्यालयहरुमा कर्मचारी खटाउँने र उद्घाटन गर्ने क्रम जारी रहेको छ । यसअघिनै कार्यालय उद्घाटन गरेर नयाँ कार्यालयहरुबाट सेवा प्रबाह गर्नुपर्ने भएपनि कर्मचारी समयमै कार्यालयमा नपुग्दा कार्यालय उद्घाटनमै ढिलाइ भएको हो । अझैपनि वडा नम्बर ५ कै सचिब जोशीले ६ मा समेत अर्को बिकल्प नहुदासम्मकालागी काम गर्ने सहमति गरेर कार्यालयको उद्घाटन गरीएको हो । 

यस्तै निर्बाचन आचारसंहिता लागु भइसकेको अवस्थामा राजनितिक दलका नेता कार्यक्रताहरुसमेत कार्यक्रमहरुमा सहभागी भइरहेका छन । आइतबार भएको वडा कार्यालय उद्घाटन कार्यक्रममा समेत प्रमुख तिन दलका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । लेकम गाउँपालीकाको वडा नम्बर २ अझै उद्घाटन हुन बाकी नै छ । २ नम्बर वडाको सोमबार उद्घाटन गर्ने कार्याक्रम रहेको अधिकृत नेपालीले बताउँनुभयो ।

यसैबिच लेकम गाउँपालीकामा राजनितिक दलहरुले चुनाबि चहलपहलमा समेत तिब्रता दिएका छन । खासगरी प्रमुख दलहरु नेपाली काग्रेश, नेकपा एमाले र नेकपा माओबादी केन्द्रले आफ्नो पक्षमा जनमत आकर्षण गर्न बिभिन्न एजेन्डाहरु सहित जनताको घरदैलो धाउँन थालेका छन । नेकपा एमालेले लेकम गाउँपालीका एमालेको आधार इलाका भएको र स्थानिय तहको निर्बाचनमा आफ्नो जित शुनिश्चित रहेको दाबि गर्दै चुनाबि प्रचारमा लागेको छ । गत संबिधान सभा निर्बाचनको २०७० को मत परिणाम हेर्दा लेकम गाउँपालीकामा नेकपा एमाले नै अगाडि देखीन्छ । तर नेपाली काग्रेश र नेकपा माओबादी केन्द्रले समेत अहिले पहिलेको भन्दा अवस्था फरक रहेको भन्दै आफुले जित्ने दाउँमा चुनाबि प्रचारमा लागेका छन । तर जनताहरुले भने सबैको भावनाको कदरगर्ने, बिकासप्रेमि नेताहरुलाइ मत दिने बताएका छन । लेकममा नेकपा संयुक्तले समेत उम्मेदबारी दिनेगरी तयारी भइरहेको जनाएको छ । निर्बाचनमा कसलाइ उम्मेदबार बनाउँदा जित्न सकिन्छ, भनेर तिनै पर्टीका नेताहरुले जनताको बिचार समेत गाउँमा बुझ्ने क्रममा रहेको बताएका छन । तर आकाङक्षि बढि देखीएको भन्दै कुनैपनि पार्टीहरुले उम्मेदबार वडा तहदेखीनै टुङगो लगाउँन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी