ऐतिहासिक बागलुङमा कालिका भगवती मन्दिरको मुल ढोकामा निमार्ण गरिएको चादीको ढोका हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बागलुङ दमेक गाविस स्थायी घर भई हाल किर्तिपुरमा व्यापार व्यवसाय संचालन गर्दै आउनुभएका माधव सापकोटाले च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ऐतिहासिक बागलुङमा कालिका भगवती मन्दिरको मुल ढोकामा निमार्ण गरिएको चादीको ढोका हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बागलुङ दमेक गाविस स्थायी घर भई हाल किर्तिपुरमा व्यापार व्यवसाय संचालन गर्दै आउनुभएका माधव सापकोटाले च"/>
2026-09-19 09:02 PM
अर्थ/विकास

कालिका मन्दिरमा चादीको ढोका हस्तान्तरण

ऐतिहासिक बागलुङमा कालिका भगवती मन्दिरको मुल ढोकामा निमार्ण गरिएको चादीको ढोका हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बागलुङ दमेक गाविस स्थायी घर भई हाल किर्तिपुरमा व्यापार व्यवसाय संचालन गर्दै आउनुभएका माधव सापकोटाले चादीको ढोका निमार्ण पछि एक कार्यक्रमका बिच मन्दिरलाई हस्तान्तरण गर्नुभएको हो । 

हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै सांसद चम्पादेवि खडकाले धार्मिक एवं पर्यटकिय क्षेत्रको विकासमा बिभिन्न निकायबाट सहयोग र सदभाव व्यक्त गर्नु उच्च प्रसंशसनि कार्य भएको बताउनुभयो । उहाले धौलागिरी भित्र रहेको सांस्कृति एवं धार्मिक क्षेत्रको प्रचार प्रसार र विकासमा आफुले सहयोग गर्दै जाने बताउनुभयो । 

करिव १६ लाख रुपैयाको लगानीमा चादीको ढोका निमार्ण गरिएको छ । साढे १५ किलो चादीबाट ढोका निमार्ण गरिएको छ । पाटनका कलाकार तथा कालिगढहरुबाट उक्त चादीको फ्रेम तयार गरी मुल ढोकामा जडान गरिएको कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाले बताउनुभयो । 

कालिका भगवती साक्षात देवी भएरको मन्दिरको विकासमा पु–याउने उद्धेश्यले  ादीको ढोका सहयोग गरेको सापकोटाले बताउनुभयो । मन्दिर ब्यवस्थापन समितिको नीति र सुझाव अनुसार मन्दिरको विकासमा हालेमालो गरेको र आगामी दिनमा थप सहयोग गर्दै जाने उहाको भनाइ छ । 

अहिले कालिका भगवती मन्दिरमा दाताहरुबाट बिभिन्न संरचना निर्माणमा सहयोग हुने क्रम बढेको छ । मन्दिरको धार्मिक तथा पर्यटकीय आकर्षणका लागी अहिले सरकारी तथा गैर सरकारी निकाय र भक्तजनहरुबाट सहयोग हुने क्रम बढ्दै गएको अध्यक्ष खडकाले बताउनुभयो । 

कार्यक्रममा बागलुङ नगरपालिका कार्यालयका निमित्त प्रमुख युक्तप्रसाद सुबेदी,१०८ श्रीमद भास्कर उद्धब शर्मा,सहयोगदाता माधवनाथ सापकोटाले बोल्नुभएको थियो । सो अवसरमा चादीको ढोका निमार्णमा सहयोग गर्ने माधवनाथ सापकोटालाई सम्मान गरिएको थियो । कालिका गुठि व्यवस्थापन समितिका अध्यक्ष राजु खडकको अध्यक्षता र प्रेस सल्लाहकार एवं सदस्य राजेशचन्द्र राजभण्डारीको संचालमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो