बैशाख ६, पोखरा । कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका म्यानेजर रविचन्द्र खनाल करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता भएका छन् । 

करोडौं रकम हि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ६, पोखरा । कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका म्यानेजर रविचन्द्र खनाल करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता भएका छन् । 

करोडौं रकम हि"/>

२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कैलाश विकास बैंक लामाचौर शाखाका म्यानेजर करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता

२०७४, ६ बैशाख बुधबार ०६:२५


बैशाख ६, पोखरा । कैलाश विकास बैंकको पोखरा लामाचौर शाखाका म्यानेजर रविचन्द्र खनाल करोडौं रुपैयाँ झ्वाम पारेर बेपत्ता भएका छन् । 

करोडौं रकम हिनामिना गरेर ब्रान्च म्यानेजर खनाल बेपत्ता भएपछि उनको खोजी गर्न बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी० मा उजुरी दिएको छ । प्रारम्भिक अनुमान अनुसार बैंकको लामाचौर ब्रान्चमा उनले करिब २ करोड रुपैयाँ हिनामिना गरेको देखिएको बैंकका स्रोतले जानकारी दियो । ‘चैत ३१ गते साँझ साढे ७ बजेसम्म खनाल कार्यालयमै भएको भएको, तर बैशाख १ गते अरु साथीहरुलाई बैंकको चाबी पठाएर उनी बेपत्ता भएका छन्,’ बैंक स्रोतका भनाई छ।

बैंकले बैशाख ३ गते नै केन्द्रीय कार्यालयबाट अडिट टोली पठाएर सो शाखाको लेखापरीक्षण सुरु गरिसकेको छ । टोलीले अबको केही दिनभित्रमा प्रतिबेदन बुझाउने र त्यसपछि मात्रै ठगीको यकिन बिबरण आउने छ । बैशाख १ गते सार्बजनिक बिदा र २ गने शनिवार परेका कारण बैंकले खनालको ठगी ३ गते मात्रै थाहा भएको थियो । बैंकले यस्तो जानकारी पाउने वित्तिकै सीआइबीमा उजुरी दिइएको छ ।

बैंकले अभियुक्त खनालको घरजग्गा रोक्का गरिसकेको छ । खनालले केही सहकारी संस्था र दर्जनभन्दा बढी सर्वसाधारणसँग पनि मोटो रकम उठाएको भन्दै उजुरी परेको छ । जसअनुसार उनले १० करोड रुपैयाँको हाराहारीमा ठगी गरेको हुनसक्ने अनुमान गरिएको छ । सीआइबीकी प्रवक्ता मिरा चौधरीले बैंकले करोडौ ठगेर खनाल बेपत्ता भएको उजुरी दिएको र सीआइबीले खोजिरहेको जानकारी दिइन् ।

‘बैंकले पोखराको लामाचौर शाखा प्रबन्धक रविचन्द्र खनाल बेपत्ता भएको भन्दै खोजी गरिदिन निवेदन दिएको छ, हामी खोजिरहेका छौं, अहिलेसम्म भेटिएको छैन,’ प्रवक्ता चौधरीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै