पर्वत , पर्वतमा निर्माणाधिन २० मेघावाटको तल्लो मोदी जलविद्युत आयोजनाले ९० प्रतिशत कार्य पुरा भईसकेको जनाएको छ । आयोजनाले यही असार भित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिई निर्माण कार्यलाई तिव्र पारेको हो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत , पर्वतमा निर्माणाधिन २० मेघावाटको तल्लो मोदी जलविद्युत आयोजनाले ९० प्रतिशत कार्य पुरा भईसकेको जनाएको छ । आयोजनाले यही असार भित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिई निर्माण कार्यलाई तिव्र पारेको हो । 

२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तल्लो मोदीखोला जलविद्युतले ग¥यो नब्बे प्रतिशत कार्य पुरा

२०७४, १७ बैशाख आईतवार ०८:०२


पर्वत , पर्वतमा निर्माणाधिन २० मेघावाटको तल्लो मोदी जलविद्युत आयोजनाले ९० प्रतिशत कार्य पुरा भईसकेको जनाएको छ । आयोजनाले यही असार भित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिई निर्माण कार्यलाई तिव्र पारेको हो । 

जलविद्युत आयोजनाका प्रवन्धक पवनकुमार यादवका अनुसार आयोजना अन्तरगत बाँध निर्माण, इनटेक, ग्राभेल ट्राप, एप्रोच क्यानल लगायतका प्रमुख कार्यहरुको प्रगति ९० प्रतिशत पुगेको हो । पाँच वर्ष भित्रमा सम्पन्न गरिसक्ने लक्ष्य लिई २०६९ सालमा शुरु गरेको आयोजनाको कुल लागत स्टमेट ३ अर्व ६० करोड रहेको छ । आयोजना प्रवन्धक यादवले असार भित्रमै आयोजनाको कार्य सम्पन्न भै विद्युत उत्पादन गर्ने योजना भए पनि नाकावन्दी र भूकम्पका कारण केही ढिलाई हुन पुगेको बताए । आउँदो यही असार भित्र नै विद्युत उत्पादन गरी सक्ने लक्ष्य सहित निर्माण कार्यलाई तीव्रता दिएको आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेले जनाए ।

मोदी गाउँपालिकास्थित पातीचौरबाट शुरु गरिएको आयोजनाको ४ किमी लम्वाईको टनेल पुरा भई सकेको छ भने यसको ढलन र प्लास्टर काम तीव्र अघि बढाइएको छ । यो टनेल कुनपा ८ परादीमा स्थित पावर हाउसमा टुंगिनेछ । टनेल निर्माणका लागि मात्र आयोजनाले करीव १ अर्व रकम खर्चिने छ । पावर हाउसको भने ७० प्रतिशत कार्य सम्पन्न भई सकेको आयोजनाले जनाएको छ । 

त्यसैगरी इनटेक, डिसेन्डर (बालुवा हटाउने) निर्माण भइसकेको छ । प्रवन्धक यादवका अनुसार आयोजना निर्माण सम्पन्न गर्नका लागि आवश्यक सामाग्री सवै ल्याइ सकिएको छ । आयोजनाको वार्षिक ११ करोड ७० लाख युनिट विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको ईन्जिनियरिङ लगायत कन्सट्रक्सनको कार्य साउथ एसियन एन्फास्ट्रक्चर र मनाङ ट्रेड लिङकले गरेका छन् । 

कुश्मा नगरपालिका र मोदी गाउँपालिकाको तिलाहार, बाजुङ, देउपुरलाई विद्युत प्रभावित क्षेत्रमा लिइएको छ । प्रभावित क्षेत्रमा विकास निर्माणमा कुल लगानीको १ प्रतिशत लगानी गर्ने शर्त अनुसार अहिलेसम्म जलविद्युत आयोजनाले ३ करोड भन्दा बढी रकम लगानी गरिसकेको प्रवन्धक यादवले जानकारी गराए । पारदर्शी ढंगले सम्वन्धित क्षेत्रका उपभोक्ता मार्फत् निर्माण कार्यलाई अगाडि बढाइएको समेत प्रवन्धक यादवको दावी छ ।     


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु