विमल धामी/बैशाख २१, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी सडक खण्डको अवस्था दिन प्र्रतिदिन बिग्रने गर्नाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमल धामी/बैशाख २१, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी सडक खण्डको अवस्था दिन प्र्रतिदिन बिग्रने गर्नाले"/>

2026-09-19 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दैजी–बेल्डाँडी सडक खण्डमा तत्काल ग्राविल गरिने


विमल धामी/बैशाख २१, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी सडक खण्डको अवस्था दिन प्र्रतिदिन बिग्रने गर्नाले हुलाकी सडक निर्माण गर्ने ठेक्का पाएको कम्पनीले तत्काल ग्राविल गर्ने भएको छ ।

सामाजिक सञ्जाल र संचार माध्यमा उक्त सडकको वारेमा भाइरल बन्दै गाएकाले तत्काल सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले बिहिवार देखि ग्रावेल र स्काईवेटर लगाउने काम शुरु गरेको छ ।

 दक्षिणका जनतालाई सदरमुकाम आवत जावत गर्न निकै कठिनाई भएका बेला सो कम्पनीले तत्काल सडक ग्रावेल गर्न लागेको नेपाली कांग्रेसका नेता जनक धामीले जानकारी गराउनु भयो । उनले भने “दक्षिणका जनताले साच्चीकै खुकुरीको धारमा हिड्ने गरेको आपतकालीन अवस्थामा ठेकदारलाई तत्काल धुलो र खाल्डा खुल्डी पुर्न माग गरेको बताए ।” 

आरक्ष कार्यालयले सडक डिजाइन हार्डकपी मागेकाले कार्य शुरु हुन ढिला भएको र तत्काल २,३ दिनमा आरक्ष कार्यालयलाई सडकको हार्डकपी बुझाई सक्ने धामीले बताउनु भयो । केहि दिन अघी देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सो सडकको निर्माण गर्ने डिजाइन मागे पछि निर्माण कार्य ठप्प भएको थियो । 

स्थानीय बासीहरुमा ग्रावेलको काम भएकाले अलि आशा पलाउन थालेको छ । स्थानीय बासीहरु पटक पटक भन्ने गर्दछन् हामीले यो सडक निर्माणको लागि कहाँ धाउनु पर्छ हामी तयार छौँ । छिटो यो सडक निर्माण भए स्थानीय किसानलाई कृषि सामग्री बजार ब्यवस्थापन गर्नको लागि सजिलो र पर्यटकीय हिसाबले पनि बेल्डाँडीमा पर्यटकहरुको ओईरो लाग्ने र बेल्डाँडीमा  थुप्रै आर्य आर्जन हुने बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता