Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ बैसाख २५ गते, बिहान ७:१३ बजे अर्थ/विकास, डोटी - DT

डोटीमा सामुदायिक वनको लगानी ग्रामीण सडकमा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २५, डोटी । सामुदायिक वनको लगानीमा शिखर नगरपालिकामा ग्रामीण सडकको निर्र्माण थालिएको छ ।

शिखर नगरपालिका–११ बारपाटाको तल्लोसातदेखि सडक निर्माण थालिएको हो । जणानकोट सामुदायिक वनको रु आठ लाख बराबरको लगानीमा आदर्श गाउँपालिका–५ बलीगाउँदेखि शिखर नगरपालिका–११ तल्लोसातसम्म जोड्ने सडकको निर्माण थालिएको छ ।

सडकको लम्बाई करिब साढे तीन किलोमिटर रहेको छ । सो सडकको समाजसेवी मानबहादुर रावलले आइतबार शिलान्यास गर्नुभयो । सामुदायिक वनले खोटो, काठपुर्जी आन्तरिक करलगायतका स्रोतमार्फत गरेको आम्दानी सडक निर्माणमा लगाउन लागेको सो सामुदायिक वनका अध्यक्ष भीमबहादुर बोहराले बताउनुभयो ।

यसअघि पनि सो सामुदायिक वनले आफ्नो आम्दानीबाट सोही वडामा रहेको भगबती आधारभूत विद्यालयको चार कोठे भवन, दुर्गा भगवती मन्दिर, घटला बाबा मन्दिर र पाँच वटा खानेपानीका न्वाला (कुवा)हरु निर्माण गरिसकेको स्थानीय शिक्षक दीपक बोहराले बताउनुभयो । रासस