2026-09-19 05:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेनाले सुलीचौर-गुराँसे-थवाङ सडक खण्डको सिरक्याङ भिर फोर्दै


बैशाख ३०, रोल्पा । लामो समयसम्म निर्माण हुन नसकेको सुलीचौर–गुराँसे– थवाङ सडक खण्डको सिरक्याङ भिर खण्ड निर्माण सुरु गरिएको छ । 

खड्ग दल गण रोल्पाले शुक्रबारदेखि चट्टान फोर्ने कार्य सुरु गरेको हो । सो सडक खण्डमा रहेको चट्टान फोर्न निर्माण व्यवसायी अनेक उपाय गर्दा समेत सफल नभएपछि रक्षा मन्त्रालयमा गरिएको अनुरोधानुसार नेपाली सेनालाई उक्त काम गर्ने जिम्मा दिइएको प्रजिअ डा डिजन भट्टराईले जानकारी दिनुभयो । 

निर्माणको सम्पूर्ण जिम्मा निर्माण व्यवसायीको हुने र प्राविधिक सहयोग मात्रै नेपाली सेनाले गर्ने डा भट्टराईले बताउनुभयो । बढीमा एक महिनाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको जनाइएको छ । 

धेरै पहिलेको ठेक्का भए पनि निर्माण व्यवसायीमार्फत सो स्थानको चट्टान फोर्न असम्भव देखिएकाले मन्त्रालयलाई आग्रह गरिएको स्थानीय विकास अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो । “अब स्थानीय निर्वाचन अगावै सडक तयार हुन्छ”, वैद्यले भन्नुभयो । 

सो कामका लागि दैनिक एक प्लाटुन सेनाले प्रावधिक सहयोग गर्ने खड्ग दल गणका गणपति अजय गुरुङले जानकारी दिनुभयो । “निर्माण अवरुद्ध स्थानमा मात्र सेनाले सहयोग गर्छ” गुरुङले भन्नुभयो । 

उत्तरी रोल्पाका थवाङलगायत गाविस जोड्ने गरी पञ्चायतकालदेखि निर्माण आरम्भ गरिएको सो सडक जिटिजेडको सहयोगमा निर्माण गरिएको थियो । सिरक्याङ भिरको अप्ठेरो भौगोलिक संरचना र कडा चट्टानका कारण निर्माण अगाडि नजाँदै सो परियोजनाको अवधि सकिएको थियो । सडक निर्माणसँगै उत्तरी रोल्पाका सेरम, उवा, थवाङ, मिरुल तथा रुकुम जिल्लाका एक दर्जन बढी गाविसका जनता लाभान्वित हुने बताइएको छ । 

हाल सदरमुकाम लिवाङबाट थवाङ जानका लागि घर्तीगाउँ– दुई खोलीको बाटो प्रयोग गर्दा धेरै समय लाग्नाका साथै गाडी भाडासमेत निकै महँगो रहेको यात्रुले गुनासो गरिरहेको बेला सुलीचौर–थवाङ सडकखण्ड निर्माणसँगै यात्रुलाई धेरै राहत हुने बताइएको छ । 

हाल लिवाङबाट थवाङ यात्राका लागि यात्रुले रु आठ सय भाडा तिर्दै आइरहेका छन् । व्यापारिक केन्द्र सुलीचौरदेखि पैदल मार्गबाट झन्डै दुई दिन लाग्ने सो सडकखण्ड निर्माणले रोल्पाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने स्थानीयवासीले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई