प्रभात सुवेदी । जेठ ६, बर्दिया ।

स्थानीय मुद्रणका कामहरु बाहिरी जिल्ला तथा छिमेकी देशका विभिन्न स्थानहरुमा गराउने क्रम बढ्दै जाँदा स्थानीय मुद्रण व्यवसायीहरुको व्यावसाय धरापमा परी बेरोजगारीको अवस्था आउन सक्ने कुरा आज जिल्लाको पर्यटकीय केन्द्र ठाकुरद्वारामा आयोजित कार्यक्रममा औंल्याइएको छ ।

नेपाल मुद्रण उद्योग महासंघ, बर्दियाको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै महासंघका केन्द्रिय सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष वालकृष्ण वलीले यस्तो कुरा बताउनुभएको हो । वहाँले बर्दिया जिल्लाका मुद्रण व्यावसायीले कम्तीमा पनि २० लाखको लगानी गरेर आफ्नो व्यावसाय सञ्चालन गरेका र कम्तीमा पनि २ देखि ५/६ जनाले रोजगारी पाएको अवस्था रहेको बताउनुहँदै बर्दिया जिल्लाका सरकारी निकाय तथा गैर सरकारी निकायहरु लगायत विभिन्न निकायहरुमा आवश्यक पर्ने विभिन्न प्रकृतिका छपाई सम्बन्धी सम्पूर्ण कामहरुको पहिलो हकदार बर्दियाका मुद्रण व्यावसायीहरु नै भएको बताउनुभयो । ‘हामीले पनि नयाँ नयाँ प्रविधिहरु ल्याएका छौं र गुणस्तरीय छपाईको लागि लागि परिरहेका छौ भन्नुहुँदै हामीलाई जिम्मेवारी दिइयो भने जस्तोसुकै छपाईका कामहरु गुणस्तरीय रुपमा सम्पादन गर्न सक्छौँ,’ केन्द्रिय सदस्य वलीले बताउनुभयो । 'राज्यलाई कर तिरेकाले पनि हामीले नै बर्दियाको काम पाउनु पर्छ भन्ने दावी हो, वलीले बताउनुभयाे ।

अधिवेशनको उद्घाटन सत्रमा ठाकुरद्वारामा बर्दिया गैंडा रिसोर्ट क्याम्प सञ्चालन गर्दै आउनुभएको रामजी थापाले पनि कार्यक्रमको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै होटल व्यवसायीहरु र मुद्रण व्यावसायीहरुको कार्यगत एकता आवश्यक रहेको कुरा औंल्याउनुभयो ।

उद्घाटन सत्र लगत्तै गरिएको बन्द सत्रमा निवर्तमान अध्यक्ष वालकृष्ण वाली र कोषाध्यक्ष मेघराज सिग्देलल प्रस्तुत गर्नुभएको महासंघ बर्दियाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मतिबाट पारित गरिएको थियो ।

मुद्रण व्यावसायीहरुको दोस्रो अधिवेशनले मेघराज सिग्देलको अध्यक्षतामा १० सदस्यीय कार्यसमितिको चयन गरेको छ । जसमा उपाध्यक्ष ओमप्रकाश रिजाल, सचिव महेश अधिकारी, कोषध्यक्ष सन्तोष भट्टराई, सह–सचिव राजेश थारु र सदस्यहरुमा सत्येन्द्र मिश्र, प्रेम चौधरी, धिरज अधिकारी, नारायण अधिकारी र टेकलाल चौधरी रहनुभएको छ ।

यसैबीच महासंघको टोलीले बिहान करीब ३ घण्टा बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण गर्दै त्यहाँको जैविक विविधता तथा विभिन्न वन्यजन्तुहरुको वासस्थानको संरक्षणाका लागि गरिएका प्रयासहरुको अवलोकन गरेको थियो ।

Related News