२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नदी उत्खननमा वैज्ञानिक प्रणाली अपनाइने

२०७४, १० जेष्ठ बुधबार ०३:२७

जेठ १०, झापा | झापा जिल्लामा भएका नदीबाट अगामी आर्थिक वर्षका लागि गरिने उत्खननका लागि वैज्ञानिक प्रणाली लागू गरिने प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले निर्णय गरेको छ । 

नदीको जथाभावी उत्खनन कार्यले स्थानीयवासीले विरोध मात्र होइन प्रतिकार गर्ने, महेन्द्र राजमार्गसँग जोडिएका कन्काई पुल, निन्दा पुल र विरिङ पुल खतरामा पर्न जाने, कतिपय धार्मिक महत्व एवम् पर्यटकस्थल जोखिममा पर्ने र सिँचाइका लागि प्रयोग हुने कुलो पैनी एवम् नहर सुक्न थालेपछि यस्तो निर्णय गरिएको हो । 

निर्णयले उत्खनन हुने नदीको तत्काल अवस्था अध्ययन गरी त्यसको वर्तमान सतह पत्ता लगाई पिलर गाड्ने र बर्सातको समयमा बाढीबाट बगेर आएका नदीजन्य पदार्थ थुप्रेर कति सतह बढ्यो त्यसको अवस्था पहिचान गरेर मात्र ठेक्का लगाउने निर्णयले नदीमा हुने जथाभावी दोहन रोकिने विश्वास लिइएको छ । 

बैठकले प्रमुख जिल्ला इन्जिनियर सुशील श्रेष्ठको संयोजकत्वमा एक समिति गठन भएको र सो समिति सिँचाइ विकास डिभिजन कार्यालय, जलउत्पन्न कार्यालय, जिल्ला वन कार्यालय, जनताको तटबन्धन कार्यालय, भू–संरक्षण कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ । 

समितिले एकजना विज्ञबाट सबै नदीको नाप, नक्साङ्कन गर्ने र त्यसबाट आएको प्रतिवेदनलाई छलफलमा लगेर मात्र नदी ठेक्का लगाउने परम्परा यस वर्षदेखि थाल्ने कुराले कसैलाई पनि मर्का नपर्ने र नदीको पनि गैरकानुनी ढङ्गले हुने उत्खनन बन्द हुने विश्वास प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको छ । 

झापामा विरिङ खोलाबाट एक लाख ९० हजार ९२५ घनमिटर, टाङटिङ खोलाबाट ७९ हजार ५०० घनमिटर, दहिझोडा खोलाबाट ४५ हजार घनमिटर, रतुवा खोलाबाट एक लाख एक हजार २५० घनमिटिर, मावा खोलाबाट एक लाख ४७ हजार घनमिटर, मेची खोलाबाट ५८ हजार घनमिटर, देवनीया खोलाबाट २९ हजार ६२५ घनमिटर नदीजन्य पदार्थ गिट्टी, बालुबा झिक्ने ठेक्का लाग्ने गरेको थियो । 

यसैगरी, हडिया खोलाबाट ४८ हजार २५० घनमिटर, कन्काई नदीबाट ५६ हजार २५० घनमिटर, निन्दा खोलाबाट ९३ हजार ६०० घनमिटर, टिमाई नदीबाट ८२ हजार ४५० घनमिटर र कमल खोलाबाट आठ हजार ९६ घनमिटर गिट्टी, बालुबा झिक्ने ठेक्का लाग्ने गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी