जेठ १०, नुवाकोट | विदुर नगरपालिकाको निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले भूकम्पपीडितलाई नयाँ घर बनाउँदा नक्सापासमा लाग्ने राजस्व शुल्क आधा छुट दिने निर्णय गरेको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १०, नुवाकोट | विदुर नगरपालिकाको निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले भूकम्पपीडितलाई नयाँ घर बनाउँदा नक्सापासमा लाग्ने राजस्व शुल्क आधा छुट दिने निर्णय गरेको छ ।&nbs"/>
2026-09-18 09:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदुर नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकमै यस्तो निर्णय

जेठ १०, नुवाकोट | विदुर नगरपालिकाको निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले भूकम्पपीडितलाई नयाँ घर बनाउँदा नक्सापासमा लाग्ने राजस्व शुल्क आधा छुट दिने निर्णय गरेको छ । 

विदुर नगरपालिकामा पदबहाली भएसँगै मंगलबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकले वैशाख १२ को भूकम्पले आवास गुमाएर नयाँ घर निर्माण गर्नुपर्ने प्रभावितलाई नक्सापासमा अहिले लिँदै आएको शुल्कमा आधा छुट दिएर पीडितलाई राहतको अनुभूति दिन खोजिएको प्रमुख सञ्जु पण्डितले बताउनुभयो । 

“लाभग्राही सूचीमा नाम भएका पीडितले नयाँ आवास निर्माणका लागि यसअघि नगरपालिकामा तिर्दै आएको राजस्वलाई तत्कालै कार्यान्वयन हुनेगरी आधा रकम छुटको निर्णय गरी जनतालाई राहतको महसुस गराउन सुरु गरिएको छ ।” 

प्रमुख पण्डितले भन्नुभयो, “नक्सापासमा रकम छुट दिने निर्णयले पीडितलाई १५ हजार रुपैयाँसम्म नगद बचत हुने भएकाले तत्कालै राहतको महसुस गराउन खोजेका हौँ ।” नगरपालिकाले नक्सापास गर्दा पक्की घर बनाउनेलाई एक वर्गफिटको रु सात र अस्थायी आवासको रु चार राजस्व सङ्कलन गर्दैै आएको छ । 

विदुर नगर कार्यपालिकाको बैठकले नगरपालिकामा रहेका तेह्रैवटा वडाको वडा कार्यालय स्थापना गरी सहजरुपमा सेवा प्रवाह गर्न रु. एक÷एक लाख रुपैयाँ बजेट निकासा गरी वडाध्यक्षहरुलाई जिम्मेवारी दिइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई