जेठ १७, रोल्पा । जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजना बनाउने जिम्मा सल्यानको गैरसरकारी संस्था शारदाले पाएको शारदाका सल्लाहकार नीमबहादुर वलीले जानकारी दिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १७, रोल्पा । जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजना बनाउने जिम्मा सल्यानको गैरसरकारी संस्था शारदाले पाएको शारदाका सल्लाहकार नीमबहादुर वलीले जानकारी दिए"/>

२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शारदाले जलजला क्षेत्रको गुरुयोजना बनाउने

२०७४, १७ जेष्ठ बुधबार १०:४१


जेठ १७, रोल्पा । जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजना बनाउने जिम्मा सल्यानको गैरसरकारी संस्था शारदाले पाएको शारदाका सल्लाहकार नीमबहादुर वलीले जानकारी दिए । 

जलजला वन क्षेत्रको दीर्घकालीन गुरुयोजनाका लागि जिल्ला वन क्षेत्र समन्वय समिति रोल्पाको आयोजनामा मङ्गलबार रोल्पाको लिबाङमा सम्पन्न जिल्लास्तरीय सरोकारवालाबीच राखिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । 

उनका अनुसार सामाजिक आर्थिक र भौतिक किसिमले सन्तुलित समृद्ध समाजको निर्माण गर्ने परिकल्पनाका साथ सल्यानमा सञ्चालित संस्थाले आगामी असार १४ गतेसम्म गुरुयोजना निर्माण गरिसक्ने लक्ष्य लिइएको छ ।

संस्थागत रुपमा २०५७ सालदेखि सञ्चालनमा रहेको संस्थाले हाल सक्रियरुपमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ । वलीका अनुसार मङ्गलबार रोल्पाको लिबाङमा डिएफसिसी बैठक सम्पन्न भएसँगै यही जेठ १७ देखि २० गतेसम्म अध्ययन क्षेत्र भ्रमण, जेठ ३० गतेसम्म मस्यौदा प्रतिवेदन सङ्कलन र मस्यौदा प्रतिवेदनमा प्राप्त सुझाव समेटिएको अन्तिम गुरुयोजना असार १४ गतेसम्म तयार गरिने लक्ष्य लिइएको छ ।

यस्तै, कार्यक्रममा संस्थाका सल्लाहकार डा गोविन्द कोइरालाले उन्नत कृषि, पशुपालन, जिल्लाको कच्चापदार्थमा आधारित उद्योग पर्यटन, उद्योग प्रवद्र्धन, उच्च मूल्यका जडीबुटी आदिको निर्यातमूलक व्यापार आदि आय बढाउने सम्भावित क्षेत्र भएको बताए। 

उनले कृषितर्फ उन्नत अन्न र नगदेबाली, पशुतर्फ बोयर बाख्रा, मसला बालीतर्फ टिमुर, अदुवा र यिनैमा आधारित प्रशोधन उद्योग, पर्यटन विकासतर्फ वन वातावरण सुधार, ऐतिहासिकस्थल सुधार, होमस्टे व्यवस्था, सामाजिक पुँजीमा सुधार, प्रचार प्रसार, उपयुक्त स्थलमा भ्यू टावर, सुविधायुक्त र स्वच्छ कटेज आवास, गाइड सुविधा, सञ्चार सुविधा, ट्रेल रुट विकास, केमिकलमुक्त खाद्यवस्तु उत्पादन आदि सम्भावित विकासका पाइला भएको बताएका छन्। 

कार्यक्रममा रोल्पाका जिल्ला वन अधिकृत भीमबहादुर कालीकोटेले जलजला क्षेत्र रोल्पाको गरिमा भएको हुँदा यस्को संरक्षण र संवद्र्धनका लागि निर्णय भएको र प्रक्रियागत ढङ्गबाट दीर्घकालीन गुरुयोजना निर्माणका लागि सल्यानको गैरसरकारी संस्था शारदा छनौट भएको जानकारी दिए। उनका अनुसार जिल्ला वन कार्यालय रोल्पामा आएको बजेटबाट गुरुयोजना निर्माण गरिनेछ ।

जिल्ला वन क्षेत्र समन्वय समिति रोल्पाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष स्थानीय विकास अधिकारी सुशील वैद्यले जलजला क्षेत्रको दीर्घकालीन गुरुयोजना निर्माणका लागि सम्बन्धित ठाउँमा पुगेर बृहत् छलफल तथा बहस गर्नुपर्ने सुझाव दिएका छन्। कार्यक्रमको सहजीकरण सहायक वन अधिकृत भरत श्रेष्ठले गरेका थिए। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो