महेन्द्र केसी, पर्वत ।  सामाजिक क्षेत्रमा क्रियाशिल रहेको लायन्स क्लब अफ कुश्मा सिटिले जिल्लाका आठ वटा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । ठाकुरबहादुर पौडेल र लायन्स कुस्मा सिटीकी संस्थापक सदस्य उषा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी, पर्वत ।  सामाजिक क्षेत्रमा क्रियाशिल रहेको लायन्स क्लब अफ कुश्मा सिटिले जिल्लाका आठ वटा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । ठाकुरबहादुर पौडेल र लायन्स कुस्मा सिटीकी संस्थापक सदस्य उषा प"/>
२०८३, २० बैशाख आईतवार
अर्थ/विकास

आठ सामुदायिक विद्यालयमा लायन्स क्लबको सहयोग

२०७४, २५ जेष्ठ बिहीबार ०४:५७

महेन्द्र केसी, पर्वत ।  सामाजिक क्षेत्रमा क्रियाशिल रहेको लायन्स क्लब अफ कुश्मा सिटिले जिल्लाका आठ वटा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । ठाकुरबहादुर पौडेल र लायन्स कुस्मा सिटीकी संस्थापक सदस्य उषा पौडेल भण्डारीको सक्रियतामा जापानमा रहेको लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३३६ सी २ आर अन्तरगत रहेका पाँच वटा लायन्स क्लब (एस.सी.आइ एफ) ,यरी निसोआरी लायन्स क्लब, उनजेन ओवामा लायन्स क्लब,कोका लायन्स क्लब, हिनोसजो लायन्स क्लबबाट प्राप्त भएको सहयोग जिल्लाका आठ विद्यालयमा हस्तान्तरण गरीएको हो । नागासाकी निसी लायन्स क्लब अफ जापानसँग लायन्स कुश्मा सिटिकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीको प्राप्त भएको ८ लाख २३ हजार ७ सय २३ रुपैयाँ बराबरको शैक्षिक  सामाग्रीत विभिन्न विद्यालयमा हस्तान्तरण गरीएको हो ।

बुधकार कुश्मा नगरपालिका ३ मा रहेको काफलचौर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी क्लबले विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । विद्यालयलाई आवश्यक तीन वटा ह्वाइट बोर्ड, पुस्तक, ज्यामितय सामाग्री गरी झण्डै ५१ हजारको शैक्षिक सामाग्री तथा पुस्तक वितरण गरीएको हो । 

कार्यक्रममा बोल्दै संस्थाकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीले आगामी दिनमा पनि विद्यलायलाई सहयोग गर्ने प्रतिबद्धता गरीन । उनले जिल्लाका विभिन्न गरीब तथा जेहेन्दार विद्यार्थीहरु अध्ययनरत विद्यालयलाई केहि सहयोग होस् भन्ने उदेश्यका साथ आफूहरुले विभिन्न विद्यालयमा सहयोग गर्दे आएको र प्राप्त सहयोगको उचित प्रयोग र सदुपयोग हुनेमो आफूहरु विश्वस्त रहेको बताइन । उनले जापानमा रहेका आफ्ना छोरी ज्वाइ उषा पौडेल भण्डारी र ठाकुरबहादुर पौडेको सक्रियता र त्यहाँका विभिन्न लायन्स क्लबहरुसँगको समन्वयबाट रकम प्राप्त भएको र सोही अनुसार जिल्लाका आठ विद्यालयलाई सहयोग गरेको बताइन । उनले क्लबको उदेश्य भन्नुनै सामाजि सेवामा काम गर्नुभएकोले आफूहरु सोही अनुसार विभिन्न निकाय र व्यक्तिहरुको समन्वयमा रकम संकलन गरी सामाजिक अभियानमा लागेको बताइन । 

क्लबकी बर्तमान अध्यक्ष रीता भण्डारीले क्बलबले समाजिक क्षेत्रमा मात्रै नभइ मानवीय साहयताका लागि समेत काम गर्दै आएको बताइन । उनले भूकम्प पीडितलाई राहत, विभिन्न समयमा निशुल्क स्वास्थ्य शिविर संचालन तथा विभिन्न गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै क्बलले आएको र आगामी दिनमा पनि यस्तै सामाजिक कार्यहरुले निरन्तरता पाउने बताइन ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शान्ति पाध्या देवकोटाको अध्यक्षमा भएको कार्यक्रममा कुश्मा नगरपालिका ३ दुर्लुङका वडा अध्यक्ष तेजप्रसाद पाध्या, क्लबकी सचिव सीता पौडेल सुवेदी, विद्यालयका प्रधानाध्यापक लक्ष्मण गौतम लगाएतले बोलेका थिए । कार्यक्रमको स्वागत शिक्षक दिभाकर पौडेलले गरेका थिए भने कार्यक्रको संचालन शिक्षक नारायण पौडेलले गरेका थिए ।

कार्यक्रममा क्लबकी तृतीय अध्यक्ष राममाया श्रेष्ठ, कोडिनेटर मुना लामिछाने पत्रकार शान्ति सुवेदी लगायत शिक्षक, अभिभाव, विद्यार्थीको बाक्लो सहभागीता रहेको थियो ।

क्बलले मोदी गाउँपालिका ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा १ लाख ५८ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरीसकेको छ । त्यस्तै पञ्चकोशी उमावि आर्थरमा १ लाख ४८ हजार, विद्याज्योति प्रावि देउपुरमा २० हजार, फलेवास नगरपालिका पाङराङको शिद्धबाबा उमाविमा ५३ हजार, जलजला गाउँपालिका ३ मा रहेको विद्याज्योति उमावि ५१ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरीसकेको छ । भने लायन्स क्लब अफ पोखरा चौतारी विन्धबासिनीलाई १ लाख ६० हजार हस्तान्तरण गरेको जनाएको छ । क्लबले विहिबार कुश्मा नगरपालिकाको खौलालाकुरीमा रहेको खौलालाकुरी माविमा ६५ हजार बराबरको प्रोजेक्टर र ह्वाइ बोर्ड  वितरण गर्ने जनाएको छ ।

यसैविच बुधबार क्लबले अन्तराष्ट्रिय स्तरमा लायन्स क्लब स्थापना भएको एक सय बर्ष पुरा गरेको अबसरमा केक काटेर स्थापना दिवस मनाएको छ । सामाजिक क्षेत्रमा काम गर्नको लागि बुधकारकै दिनमा स्थापना भएको क्लबको एक सय बर्ष पुरा भएको अबसरमा केक काटेर स्थापना दिवस मनाएको क्बबले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो