2026-10-18 03:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याङ्लुङ–ओख्रे सडकखण्डको पुल निर्माणको काम किन सुस्त ?

असार ४, तेह्रथुम । जिल्लाको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित छथर गाउँपालिकालाई सदरमुकाम म्याङ्लुङसँग जोड्ने म्याङ्लुङ–ओख्रे सडकखण्डको लम्बु खोलामा मोटरेवल पुल निर्माणको काम ढिलाइ हुँदा स्थानीयवासीलाई सास्ती भएको छ । एक वर्षअघि नै सक्ने गरी पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले सुस्त गतिमा मात्रै काम गरिरहेको छ । 

दुई वर्षअघि तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको सपना निर्माण सेवालाई दिएको थियो । एक वर्षभित्र सक्नेगरी रु पाँच करोड ९८ लाख ४७ हजार २६१मा कामको जिम्मा लिएको कम्पनीले अहिलेसम्म निर्माणको काम सकेको छैन । ठेक्का सम्झौताको म्याद गुज्रिएर दुईपटक म्याद थप गरिसक्दासमेत निर्माण कम्पनीले ६० प्रतिशत काममात्रै गरेको छ । 

निर्माणका लागि चाहिने सामग्री ढुवानी र वर्षाका महिनामा काम रोकिएकाले निर्माणको काम ढिलाइ भएको ठेकेदार कम्पनीले जनाएको छ । पुल निर्माणमा प्राविधिक सहयोग गरिरहेको स्विस सरकार विकास सहयोग एसडिसीअन्तर्गतको स्थानीय सडक पुल विकास कार्यक्रमका प्राविधिक अमरेन्द्र चौधरीले भन्नुभयो – “वर्षाका दिनमा काम रोकिन्छ, सडक क्षतिग्रस्त भएर खुल्न अरु केहिदिन लाग्छ, सामान ढुवानीमा समस्या भएर ढिलाइ भएको हो ।” 

ठेकेदार कम्पनीका कारण पुल निर्माणमा ढिलाइ भएको ओख्रेका तुलसी तिगेलाले भन्नुभयो । 

यहाँका बासिन्दा पहिले धनकुटाको सिधुवा पुगेर मात्र कोसी राजमार्गबाट वसन्तपुर हुँदै सदरमुकाम म्याङ्लुङ आउने गरेका छन् । सडक निर्माण भए पनि खोलामा पुल नबन्दा अर्को जिल्ला घुमेर सदरमुकाम जानुपर्ने बाध्यता रहेको स्थानीयवासी गुनासो सुनाउँछन् । 

पुल नहुँदा सदरमुकाममा रहेका सरकारी कार्यालयका सेवा सुविधा लिन बासै बस्ने गरी जानुपर्ने अवस्था रहेको हमरजुङका वमप्रकाश लिम्बूले बताउनुभयो । 

पुल बनेपछि सो सडकखण्डबाट ओख्रे, सुदाप, फाक्चामारा, पञ्चकन्या, हमरजुङ, आङ्दिमलगायत गाउँका बासिन्दा लाभान्वित हुनेछन् । हाल यहाँका बासिन्दा सिधुवा–शुक्रबारे सडक भएर पूर्वी तराई र सदरमुकामतर्फ आवतजावत गर्छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु