दिलीप पौडेल

काठमाडौ, असार ६-पोखरा–मुस्ताङ सडकको स्तरोन्नति गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले लगानी गर्ने तत्परता देखाएको छ। प्रदेश नं ४ लाई उत्तरी छिमेकी चीनको स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिलीप पौडेल

काठमाडौ, असार ६-पोखरा–मुस्ताङ सडकको स्तरोन्नति गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले लगानी गर्ने तत्परता देखाएको छ। प्रदेश नं ४ लाई उत्तरी छिमेकी चीनको स्"/>

2026-09-19 05:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा-मुस्ताङ सडकमा एआइआइबीले लगानी गर्ने

दिलीप पौडेल

काठमाडौ, असार ६-पोखरा–मुस्ताङ सडकको स्तरोन्नति गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले लगानी गर्ने तत्परता देखाएको छ। प्रदेश नं ४ लाई उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्ने कोरला नाकासम्म सडक पुर्‍याउन पोखरा–पर्वत–बेनी–मुस्ताङ सडक निर्माण गर्न एआइआइबीले लगानी गर्ने प्रतिबद्धता जनाएको हो।

दक्षिण कोरियामा सम्पन्न बैंकको बोर्ड अफ गभर्नर्सको दोस्रो बैठकमा अर्थमन्त्री ज्ञानेन्›बहादुर कार्कीले एआइआइबीका अध्यक्ष जिन लिक्युनसँग राखेको प्रस्तावमा लिक्युनले प्रतिबद्धता जनाएको बैठकमा सहभागी अर्थका अधिकारीले जानकारी दिए।

लिक्युनले सो सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गर्न भनेका थिए। सो सडक निर्माण गर्न करिब २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

मुस्ताङ¬–पोखरा सडक स्तरोन्नति गर्न पटक–पटक गरेको आग्रहको सम्बोधन हुने आस जागेको पर्वतका सांसद अर्जुनप्रसाद जोशीले बताए। ‘यो सडक निर्माणमा पहल गर्न संसदमा पनि कुरा उठाएका थियौं,’ जोशीले भने, ‘अहिले एसियाली पूर्वाधार लगानी बैंकले अर्थमन्त्रीसँग लगानी गर्ने प्रतिबद्धता जनाउनुभएको छ।’ सो सडक प्रदेश नं ४ को आर्थिक मेरुदण्ड रहेको जोशीले बताए। ‘हाम्रो आग्रहलाई अर्थ मन्त्रालयले स्वीकार गरेर प्रस्ताव लगेको थियो,’ जोशीले भने, ‘एआइआइबी डिपिआर मागेको खबरले उत्साहित छौं।’ सो सडकको कोरलादेखि जोमसोमसम्म करिब एक सय किलोमिटर र जोमसोमदेखि म्याग्दीको बेनीसम्म ७६ किलोमिटरमात्र ट्र्याक खोलेको छ।

बेनी–पोखरा सडक कालोपत्रे भए पनि स्तरोन्नति र विस्तार गर्नुपर्नेछ। सरकारले कोरला नाका खोल्न पहल गरिरहेको अवस्थामा सीमा क्षेत्रसम्म सडक पुर्‍याउन संसदको विकास समितिले पनि यसअघि सरकारलाई निर्देशन दिएको थियो। ‘कोरला नाका सञ्चालनमा ल्याउन पहिलो प्राथमिकता सडक निर्माण हो,’ संसदीय समितिका सदस्य एवं सांसद प्रकाश शर्मा पौडेलले भनेे, ‘सो सडकको स्तरोन्नति गर्न विकास समितिले प्रधानमन्त्री र संसदमा समेत प्रतिवेदन पेस गरेको थियो।’

सो सडकमा म्याग्दीको रुप्से खोलामा र मुस्ताङ जिल्लाभित्र कालीगण्डकी नदी माथि जोमसोम तथा छुसाङको चैलेमा तीन वटा मोटरेबल पुल निर्माणाधीन अवस्थामा छन्। बेनी–जोमसोम सडक नेपाली सेनाले करिब ५६ करोड रुपैयाँ खर्चेर ट्र्याक खोलेको थियो। सो सडक खण्डको गलेश्वर, बेगखोला, तिप्लाङ, पोखरे बगर, लेते, बोक्से खोलामा करिब १२ करोडको लागतमा मोटर गुड्ने पुल निर्माण भए पनि ठाउँठाउँमा सडक निकै साँघुरो छ। जोमसोमबाट उपल्लो मुस्ताङ हुँदै कोराला नाका पुग्न जोमसोम, छुसाङ रसमरमा तीन स्थानमा सवारी फेरेर जानुपर्ने अवस्था छ। सरकारले राष्ट्रिय गौरवको आयोजना भन्दै चीन र भारत जोड्न कोरालादेखि जोमसोम–बेनी–बागलुङ–गुल्मी–पाल्पा हुँदै भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अघि बढाएको भए पनि त्यसले पनि पूर्णता पाउन सकेको छैन।

जीर्ण अवस्थामा रहेको बाग्ालुङ–पोखरा सडक खण्डको बागलुङ नगरपालिका क्षेत्र र पर्वत शिवालयमा केही ठाउँमा स्तरोन्नति भए पनि पूर्णता पाउन सकेको थिएन। साँघुरो र जीर्ण भएको कारण दुर्घटनाको जोखिम बढेको थियो। ७३ किलोमिटर लामो बागलुङ–पोखरा सडकमा ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन्। बागलुङ बजारको रामरेखा घुम्ती, पर्वतको पाङ सहस्रधारा, शिवालय, चुहा, पातिचौर, कास्कीको नयाँ पुल, लुम्ले, काँडे लगायत दर्जनौं ठाउँमा समस्या देखिएका छन्। डाइभर्सनमा ग्राभेल गरी पिच गर्नुपर्ने, साँगुरो ठाउँमा चक्लाउनुपर्ने, रिटेनिङ वाल निर्माण, खाल्डाखुल्डी पुरेर स्तरोन्नति गर्नुपर्ने छ। बाग्लुङ–पोखरा सडक धौलागिरी अञ्चलका चार जिल्ला प्रवेश गर्ने एकमात्र राजमार्ग हो।

अर्थमन्त्री कार्कीले पोखरा–मुस्ताङ सडकसहित टोखा–छहरे सुरुङ मार्ग निर्माणमा सघाउन पनि आग्रह गरेका थिए। चार किलोमिटर लामो सो सुरुङ मार्गमा करिब २५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। यी दुई परियोजनामा लगानी गर्न लिक्युनले प्रतिबद्धता जनाएको बैठकमा सहभागी अर्थ मन्त्रालयका अधिकारीले बताए।

सडक, सुरुङमार्गसँगै सहरी पूर्वाधार विकास कार्यक्रम र विद्युत वितरण प्रणाली सुधार कार्यक्रमका लागि सहयोग गर्न गरेको आग्रहमा एआइआइबीले तत्परता देखाएको छ।

नागरिकबाट

gf


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ