पढ्न करिब 2 मिनेट लाग्छ

पर्वत/कालीगण्डकी किनारमा रहेको माझी समुदायको सुकुम्बासी बस्तीका बासिन्दाले शनिबार देखि सोलारबत्तीको उज्यालोमा रातकाट्न पाउने भएका छन ।

सामाजिक क्षेत्रमा क्रियाशील रोटरी क्लब अफ पर्वतले पर्वतको मालढुङ्गामा रहेको माझी बस्तीमा सोलार बत्ती हस्तान्तरण गरेपनि उनीहरुले उज्यालोमा रात काट्न पाएका हुन ।

नदी किनारमा बालुवा चालेर र बगुंर सुगुर पालेर जीबिकोपार्जन गर्दै आएको माझी बस्तीमा १८ परिवार लाई १८ थान सोलार लाईट एक कार्यक्रमका माझ हस्तान्तरण गरेको क्लबले जनाएको छ । गतबर्ष कालीगण्डकीको बाढी र घरमा क्लबले जनाएको छ ।

बिगत देखि नै माझी बस्तीमा रोटरीको सहयोग प्राप्त भैरहेकोमा स्थानिय गणेश माझीले बताए । पहिरोले घरबास उठाउँदा आवास बनाउने देखि आयआर्जन र अन्य काममा पनि सहयोग पुगेकोले आगामी दिनमा यस्तै सहयोग जारी राख्न उनले अनुरोध पनि गरे । करिव ३ हजार ५ सय मुल्य बरावरको उक्त सोलार लाईटबाट १ सय वाट क्षमतामा बत्ती बाल्न, मोबाइल चार्ज गर्न र रेडियो बजाउन समेत उपयोगी भएको क्लबले जनाएको छ ।

गतबर्ष कालीगण्डकीको बाढी र घरमाथि पाङ्गबाट झरेको पहिरोले घरबास उठाएपछि कतिपय परिवार ओढारमा समेत बस्दै आएका छन । ‘बाढी पहिरोबाट पिडीत सुकुम्बासी परिवारलाई उज्यालोको सुबिधा पुगोस भनेर सोलारबत्ती हस्तान्तरण गरिएको हो’ रोटरी क्लब अफ पर्वतका अध्यक्ष गणेश पौडेलले भने ‘नदी किनारमा अध्याँरोमा रात काट्ने अवस्थालाई थोरै भए पनि राहत पुगेको छ’

उक्त सोलार लाईट हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले रोटरी क्लब पर्वतले समाजका हरेक संबेदनसिलतामा आफ्नो उपस्थिति देखाउने गरेको भन्दै सोलार लाईट हस्तान्तरण पनि एक उत्कृष्ट कार्य भएको बताए । उपयुुक्त स्थान मा उपयुुक्त सामग्री छनोट गरेकोमा खुसी ब्यक्त गर्दै सामाजिक क्षेत्रमा यसरी नै कृयाशिल बनिरहनेमा आफु बिश्वस्त रहेको पनि उनको भनाई थियो ।

क्लबका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष शिव शर्मा पौडेलको स्वागत , उपाध्यक्ष केदारनाथ शर्माको धन्यवाद ज्ञापन र पुर्व अध्यक्ष प्रेम प्रशाद पौडेलको संचालनमा रहेको थियो ।