पर्वत ।हिन्दु तथा बौद्धिष्ट धर्मावलम्बीहरुको आस्थाको धरोहर एवम् पर्यटकीय गन्तव्य कागबेनी–मुक्तिनाथ सडक खण्डमा सोमबारदेखि कालोपत्रेको काम सुरु हुने भएको छ । 

यो मुस्ताङ ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।हिन्दु तथा बौद्धिष्ट धर्मावलम्बीहरुको आस्थाको धरोहर एवम् पर्यटकीय गन्तव्य कागबेनी–मुक्तिनाथ सडक खण्डमा सोमबारदेखि कालोपत्रेको काम सुरु हुने भएको छ । 

यो मुस्ताङ ज"/>

2026-07-25 07:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कागबेनी–मुक्तिनाथ सडक कालोपत्रे हुदै

पर्वत ।हिन्दु तथा बौद्धिष्ट धर्मावलम्बीहरुको आस्थाको धरोहर एवम् पर्यटकीय गन्तव्य कागबेनी–मुक्तिनाथ सडक खण्डमा सोमबारदेखि कालोपत्रेको काम सुरु हुने भएको छ । 

यो मुस्ताङ जिल्लाकै पहिलो कालोपत्रे सडक हुनेछ। ठेकेदार र प्राविधिकको अनुरोधमा कालोपत्रेका लागि डेढ महिना सडकमा सवारी आवगमनमा रोक लगाइएको छ।

मुस्ताङका प्रजिअ रामचन्द्र तिवारीको रोहवरमा भएको सर्वपक्षीय भेलाले यात्रुको सहजताका लागि वैकल्पिक रुट मिलाउने निर्णय गरेको छ ।  धार्मिक तथा पर्यटकीय जिल्ला भएकाले संभावित आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई मध्यनजर गर्दै बैकल्पिक रुटको रुपमा कागेबेनी झोङ पुटाक सडकलाई सामान्य स्तरोन्नति गरेर सुचारु गरिने जिल्ला ईन्जिनियर रविन्द्र तिवारीले जानकारी दिए। निर्माण कम्पनीले नै वैकल्पिक रुटको स्तरोन्नती थालेको छ।

निर्माण कन्ट्रक्सनका प्राविधिज्ञ अनिल कुमार चौधरीका अनुसार शुक्रबारदेखि आईतबारसम्म बैकल्पिक सडकको स्तरोन्नती हुनेछ। सो रुट संञ्चालन भएपछि मात्रै कालोपत्रे निर्माणको काम थालिने उनले बताए। ‘हामी अहोरात्र कालोपत्रे निर्माणमा खटिने छौँ, प्राविधिक, निर्माण सामाग्री र पर्याप्त जनशक्ति छ’ चौधरीले      भने ।

तोकिएको ४५ दिनको अवधिमा १२ देखि १४ घण्टा समय खर्चिएर भएपनि समयमै सडक हस्तान्तरण हुने उनले बताए। सो सडकका प्राविधिज्ञ अनिल ढुङ्गानाले कालोपत्रेको      तयारीका लागि टिपर ५ वटा, भ्याकु लोडर २, ट्रयाक्टर ५, पानी ट्याङ्कर २, ग्रेडर १ र रोलर २ वटा मौजुद रहेको जानकारी दिए।

‘हामीसँग १५० को संख्यामा जनशक्ति छ, अन्य आवश्यक इन्धन पर्याप्त छ’ उनले भने ‘कालोपत्रेका लागि सडकमा सबै तयारी पुरा भएको छ।’ जिल्ला ईन्जिनियर रविन्द्र तिवारीले वर्षातको समय कालोपत्रे मौसम अनुकुल नभएपनि मुस्ताङमा मौसमको तापक्रम र पानी नपर्ने भएकाले कालोपत्रे गर्न असहज नहुने बताए। उनले कालोपत्रेका लागि कंक्रिट र अलकत्रको समिश्रण गर्ने क्रममा कम्तिमा १६ डिग्री तापक्रम आवश्यक पर्ने र कालापत्रे बिच्छ्याईसकेको अवस्थामा १६५ डिग्री तापक्रम जरुरत पर्ने बताए।

तिवारीले असार १२ देखि साउन २७ सम्म कालोपत्रे सक्ने अवधि तोकिएको बताए। उनका अनुसार कागबेनी मूक्तिनाथ कालोपत्रे सडकको साईज ३.७५ मिटर, दुईतर्फी पेटीको साईज ०.७५ मिटर र सडक नालीको साईज १ मिटरको रहने छ । ग्रामिण पुर्न्निर्माण तथा पुर्नस्थापना डोलिडारको आयोजनामा सडकको निर्माण कार्य २ वर्षअघि सुरु गरिएको हो। उक्त १२ किमी सडक कालोपत्रेका लागि दुई खण्ड गरी करिव २० करोड लगानी हुने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक