Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-09-19 05:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वदेशमै केही गर्छु भनी उद्योग खोलेका एक युवाको पीडा


https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/पर्वत ।मुहार कालो दारीले झ्याप्प ढाकिएको, पहेलो टिसर्ट अनि टिसर्टमा हिन्दु धर्म जागरण लेखिएको अक्षर, देख्दैमा साधु जस्तो देखिने एक युवक सहारा न्युज दैनिकको अफिसमा आइपुग्छन् । झोलाबाट केही थान बल पेन देखाउछन् अनि आफ्नो पीडा र दुःखेसोको पोका फुकाउछन् ।


एक २९ वर्षीय युवा अर्जुन थापा जो कतारमा ५,६ वर्ष काम गरेपछि आफ्नै स्वदेश फर्किएका छन् । बाग्लुङ नगरपालिका १३ पैयुपाटा घर भएका थापा उद्योग खोल्नकै लागि भनी पर्वतको कुश्मा बजार आएका हुन् । लामो समय जीवनको उर्जा र पसीना कतारको अलसैलिया स्पोर्ट कम्पनिमा बगाए । अनि अहिले यही आफ्नो जन्मथलोमा उद्योग गर्छु भनी फर्केका छन् । उनले कलम उद्योग पनि कुश्मामा खोलेका छन् ।


घरेलुमा दर्ता गरिएको उनको उद्योगको नाम कालीगण्डकी कलम उद्योग छ । यो तीन महिना पहिले दर्ता भएको हो । यहाँसम्म त ठिकै छ तर जव उनले दैनिक १००० प्रति बल पेन उत्पादन गर्न थाले । जसको बजार खुद्रा मूल्य मनखुशी विक्रेताले विक्री गर्दा १० रुपैया सम्म पर्छ । उनले भने थोकमा ३.३३ पैसा पर्दो रहेछ तर स्टेशनरी व्यापारीले खरीद गर्न मान्दा रहेनछन् । कारण पहिल्यै आफूसँग स्टक छ भारतीय र चाइनिज पेन भन्दा रहेछन् ।


युवा थापाले भन्छन्(‘उद्योग खोलेको तीन महिना जति भयो । स्वदेशमै बस्ने भाग्य रहेछ भने केही होला । ऋण लागि हाल्यो भने फेरि खाडी नै जानुपर्ला । तर स्वदेशी उत्पादन नै प्रयोग गर्नुपर्छ भन्ने अभियान चलाउन मलाई मन छ ।’ उनलाई कच्चा पदार्थको समस्या पनि उस्तै छ । कलम बनाउन चाहिने मसी, नीम, व्यारेल लगायतका कच्चा पदार्थ भारतबाट मगाउन पर्दछ । दुःखेसो गर्दै उनले भने,(‘कच्चा पदार्थको नाममा कलम राख्ने कार्टुन पनि नेपालमा पाइदैन र बन्दैन ।’ उद्यमी थापाले तीन लाख खर्चिएर भारतको दिल्लीबाट कलम बनाउने मेशीन खरीद गरेको बताए ।


स्वदेशमा रोजगार नपाएर रोजीरोटीका खातिर विदेश खासगरी खाडी मुलुक धाउने युवाको संख्या दिनहुँ वृद्धि भइरहेका बेला यही स्वदेशमा केही गर्छु भन्ने युवाले मनमा पीडा बोकेर हिड्नु पर्ने अवस्था छ । यस्तै पीडा बोकेर हिड्न बाध्य एक युवा पात्र अर्जुन थापा बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ