Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पर्वतमा सांसद क्षेत्र विकास कोषबाट सञ्चालित आयोजनाहरुमा डुब्लिकेशन

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

महेन्द्र जिसी
पर्वत/ असार । जिल्ला समवन्य समितिबाट संञ्चालित योजनाहरुमध्ये सांसद निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका योजनाहरुमा गुणस्तरीय नभएको पाइएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विशेष का र्यक्रमबाट सञ्चालित अधिकाँस आयोजनाहरुमा डुब्लीकेशन भएको पाइएको छ ।

निर्वाचन क्षेत्र नं २ को सांसद क्षेत्र विकास कोषको बजेट मार्फत गरीएका आयोजनाहरु डुब्लीकेशन भएको पाइएको हो । जिल्ला समन्वय समितिले यो आर्थिक वर्षभित्र मर्मत भएका सडक, सिंचाइ तथा अन्य योजनाहरुको प्रगतिको बारेमा स्थलगत अनुगमन गरेको र अनुगमनका क्रममा यस्तो पाईएको हो । जिल्लाको दक्षिणी क्षेत्रका ३ गाउँपालिका पैंयू, महाशिला र विहादी गाउँपालिकामा विभिन्न शिर्षकमा झण्डै २ करोड रकम बिनियोजन गरिएको थियो । खानेपानी, सिंचाई, विद्युत विस्तार, सडक, भवन निर्माण लगायतका अधिकाँश कामहरु ५० प्रतिशत मात्र सम्पन्न भएको अनुगमन टोलिले बताएको छ ।

टोलि संयोजक मिना केसीले निमय विपरीत सम्बोधन गरीएको सांसदका आयोजनामा धेरै डुब्लीकेशन भएको बताउनु भयो । केसीले क्षेत्र नं २ सांसद विकास कोषको बजेटले खानी गाउँमा निर्माणधिन भवानी विद्यापिठको आयोजना मध्ये धेरै आयोजनाको नाम जोडाएर डुब्लीकेशन गरिएको बताउनु भयो । यसतर्फ समन्वय समितिले उचित ध्यान पुर्याउन आवश्यक रहेको केसीले उल्लेख गर्नुभयो । टोलिका अनुसार जिल्ला भू–संरक्षण, वनसँग जोडाएर सांसदको नाम पारेर काम गरेका कारण बजेट सदुपयोग नभएको बताईएको छ । त्यस्तै बाच्छा भोक्सिङ्ग, होश्राङ्गदी, सरौंखोला अन्र्तगत निर्वाचन पूर्वाधार बिषेश कार्यक्रमको ४० लाख बजेट विनियोजन भएकोमा उक्त बजेट अन्तर्गत बिग्रिएको बाटोमा नाली बनाउने, सोलिङ गर्ने, जाली भर्ने जस्ता काम भैरहेको अनुगमनको क्रममा पाईएको छ ।

पाडेगाउँ (पैदलमार्ग) भन्ज्याङ्ग–चिलाउनेखर्क वहाकी स्वास्थचौकी, चौरासीफाँट, नयाँपोखरी आपलाय कालिगण्डकी सडकको स्तरउन्तिको लागि विनियोजित भएको ११ लाख रुपैया गेप्ताङ्ग चिउरीखाल्टा शिवपुरी बेउलीबास–सालघारी–खोरपोखराको सडकको पनि ११ लाख र भुर्तेलथोक पियाखेत, उपल्लो थोक, मर्दिखोला, सौरीकोट, समीबोट, टिकरीक, सडकमा विनियोजित १० लाख रकम सडकको स्तरउन्नती र सडक मर्मतमा खर्च भएको पाईएको हो । योजनाहरुको काम सम्पन्न गर्न उपभोक्ताहरुलाई काम भ्याईनभ्याई भएको छ ।

विषेश गरी असारे विकासमा उपभोक्ता र सरकारी अड्डा लागेका कारण अनुगमन टोलिले आँफुहरुलाई सँधै साँक्षी बनाएर बजेट सिध्याउने खेल भएको बताएको हो । योजनापुर्व र निर्माण सम्पन्न भएपछि अनुगमन गर्ने सरकारी नियम भएपनि कमचारीहरुले काम सक्काएर अनुगमन कार्य पुरा गराउने हुँदा काम सन्तोषजनक भए नभएको भन्न नसकिने अवस्थामा रहेको टोलि संयोजक कृष्ण पराजुलीले बताउनु भयो ।