2026-09-18 09:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटमा करीब ६ हजार घरको पुनःनिर्माण

साउन ८, नुवाकोट । बिनाशकारी भूकम्पले क्षति पुर्‍याएका आवासमध्ये नुवाकोटमा बल्ल पाँच हजार आठ सय ४९ घरको पुनःनिर्माण सम्पन्न भएको छ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नुवाकोट अन्तर्गतको आवास निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइको अनुसार लाभग्राही आफैंदेखि अनुदान प्राप्त गरी निर्माण गरेको आवास संख्या साउनको पहिलो सातासम्म पाँच हजार आठ सय ४९ पुगेको छ।

आवास पुनःनिर्माण भएकामध्ये लाभग्राही आफैले पाँच हजार दुई सय २३ घर निर्माण गरेका छन्। आवास अनुदान लिएर घर बनाउनेको संख्या ३०१ घरधुरी रहेको इकाइका निर्देशक विदुर खड्काले जानकारी दिनुभयो।

आवास निर्माण भएकामध्ये ३१९ लाभग्राहीले तेश्रो किस्ता अनुदानको लागि निवेदन दिएका छन् भने ६ घरधुरीको अनुदान रकम बैंक खातामा निकासाको प्रक्रियामा रहेको छ। “आवास निर्माणले अपेक्षा अनुसार गति लिन सकेको छैन,” इकाइ प्रमुख खड्काले भन्नुभयो-“निर्माण भएका घरमध्ये ३१९ घरधुरीले मात्र अनुदान प्रदान गरेकाले अब तीव्रता दिन लागिरहेका छौं।”

आवास निर्माणमा तेश्रो किस्ता रु एक लाख अनुदान रकम सरकारीस्तरबाट थानपतीका १५ घरधुरीलाई उपलब्ध गराइएको छ। बाँकी काउले, भाल्चे, साल्मे, गोर्‍याङ र तारुकामा सामजिक संस्था मार्फत रकम उपलब्ध गराइएको हो।

वैशाख १२ को विनाशकारी भूकम्पले नुवाकोटमा ६५ हजार सात सय ५९ घरधुरी पूर्ण क्षति भएकामा आवास निर्माण गर्न ६२ हजार तीन सय ७४ धरधुरीले अनुदान सम्झौता गरेका छन्। सम्झौता गरेकामध्ये ६२ हजार ६३ घरधुरीले मात्र पहिलो किस्ता बापत रु पचास हजार पाएका छन्।

यस्तै, नौ हजार आठ सय ६९ घरधुरीले दोश्रो किस्ता बापत रु एक लाख पचास हजार पाएका छन्। पहिलो किस्ता रकम पाएर आवास निर्माण गरिरहेका आठ सय ५९ घरधुरीले निर्माण गरेको आवास अनुदान दिन अयोग्य रहेकाले सुधार गर्न सुझाव दिएको इकाइ प्रमुख खड्काले बताउनभयो।

उहाँको अनुसार आवास निर्माण जारी रहेका ११ हजार तीन ७३ मध्ये ११ हजार ४४ घरधुरीले दोश्रो किस्ता पाउन दिएको निवेदनको प्राविधिक परीक्षण जारी रहेको छ र एक महिनाभित्रै करिब दश हजारलाई रकम उपलब्ध गराउने लक्ष्य लिइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई