२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्पपीडितलाई चार करोड अनुदान वितरण

२०७४, १५ श्रावण आईतवार ०२:३३

साउन १५, बाबियाचौर (म्याग्दी) । म्याग्दीका भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि रु चार करोडभन्दा बढी अनुदान वितरण गरिएको छ । 

विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प तथा त्यसपछिका परकम्पले घर पूर्ण क्षति भएका लाभग्राहीहरुको खातामा दुई वर्षपछि पहिलो किस्ता अनुदान वितरण गरिएको हो । 

आठसय ४५ घरपरिवार भूकम्पपीडितलाई रु ५० हजारका दरले रु चार करोड २२ लाख ५० हजार वितरण गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकृत पदम भण्डारीले जानकारी दिनुभयो । 

आठसय ६८ घर पूर्ण क्षति भएको तथ्यांक भए पनि वडा कार्यालयमा निजी आवास पुनःनिर्माणका लागि सम्झौता गरेर सिफारिस भई आएकाको मात्र बैंक खातामा रकम जम्मा गरिएको सूचना अधिकृत भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार पहिलो चरणमा भूकम्पपीडितको सूचीमा नाम छुटेकाको वडा कार्यालयमार्फत गुनासो संकलन गरी प्रमाणित गर्न दोस्रो चरणमा स्थलगत सर्वेक्षणका लागि प्राविधिक टोली खटाइने भएको छ । 

गत वैशाख १२ गतेअघि नै कम प्रभावित जिल्लाका भूकम्पपीडितको खातामा पनि पहिलो किस्ताबापतको रकम जम्मा गर्ने राष्ट्रिय पुनःनिर्माण कोषको लक्ष्य रहे पनि अनुदान सम्झौता समयमै नहुनु र स्थानीय तहको चुनावका कारण ढिलाइ भएको हो । 

लाभग्राहीसँग गरिएको सम्झौताका आधारमा जिल्ला समन्वय समितिको सिफारिसमा कोष तथा लेखा नियन्त्रकको कार्यालयले पीडितको बैंक खातामा चार चरणमा रु तीन लाख जम्मा गर्ने व्यवस्था छ । दोस्रो, तेस्रो र चौथो किस्ता पाउन लाभग्राहीले सरकारले तोकेको मापदण्डअनुसारको भवन निर्माण र प्रक्रिया पुर्याउनुपर्ने छ । 

जग हालेपछि दोस्रो किस्तामा रु एक लाख ५० हजार, छाना छाउनुअघि तेस्रो किस्ताबापत रु ७५ हजार र शौचालय तथा वैकल्पिक ऊर्जाको व्यवस्थाका लागि रु २५ हजार अन्तिम किस्ता उपलब्ध गराइने व्यवस्था छ । आवास पुनःनिर्माण गरिसकेका भूकम्पपीडितले अनुदान पाउन भवन तोकिएको मापदण्डअनुसारको भएको प्राविधिकबाट प्रमाणित र सिफारिस गराउनुपर्नेछ । 

अनुदान रकम पाएपछि चर्किएको, भत्किएको घर मर्मत गरेर बस्दै आएका भूकम्पपीडितले निजी आवास पुनःनिर्माणको तयारी गरेका छन् । अनुदान वितरण प्रक्रियामा ढिलाइ भएपछि कतिपयले आफ्नै तरिकाले घर पुनःनिर्माण गरिसकेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी