पर्वत,। पर्वत जिल्लाको मोदी गाउँपालिका ६ तिलाहारलाई धुँवामुक्त बनाउने तयारी शुरु भएको छ । साविकको तिलाहार गाविसका सवै घरधुरीमा सुधारिएको चुल्हो निर्माण गर्ने र आगामी दुई वर्ष भित्रमा धुवामुक्त वडा घोषणा गर्ने तयारीमा जुटेको वडाअध्यक्ष विमल लामिछानेले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत,। पर्वत जिल्लाको मोदी गाउँपालिका ६ तिलाहारलाई धुँवामुक्त बनाउने तयारी शुरु भएको छ । साविकको तिलाहार गाविसका सवै घरधुरीमा सुधारिएको चुल्हो निर्माण गर्ने र आगामी दुई वर्ष भित्रमा धुवामुक्त वडा घोषणा गर्ने तयारीमा जुटेको वडाअध्यक्ष विमल लामिछानेले "/>
2026-09-19 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्वतको तिलाहार धुँवामुक्त बन्दै

पर्वत,। पर्वत जिल्लाको मोदी गाउँपालिका ६ तिलाहारलाई धुँवामुक्त बनाउने तयारी शुरु भएको छ । साविकको तिलाहार गाविसका सवै घरधुरीमा सुधारिएको चुल्हो निर्माण गर्ने र आगामी दुई वर्ष भित्रमा धुवामुक्त वडा घोषणा गर्ने तयारीमा जुटेको वडाअध्यक्ष विमल लामिछानेले जानकारी दिनुभयो ।

धुवामुक्त वडाका लागि पहिलो चरणमा तिलाहारका २१ घरधुरीलाई परिक्षणको रुपमा धुवारहित चुल्हो वितरण गरिएको छ । हालसम्म पर्वतका ८ वटा साविकका गाविसहरु धुवामुक्त भैसको छन् । स्थानिय वासीहरुको स्वास्थ्यमा प्रतिकुल असर नपरोस र जलवायु परिवर्तमा समेत टेवा पुगोस भन्ने उद्धेश्यले धुवामुक्त वडा घोषणा गर्ने अभियान शुरु गरिएको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

उहाँले अहिले परिक्षणको रुपमा २१ वटा धुँवारहित चल्हो वितरण गरिएको र क्रमस वडाभित्रका सवै घरधुरीमा वितरण गरिने पनि उहाँले बताउनुभयो ।

पर्वत जिल्लाका ३५ हजार घुरधुरी मध्ये झण्डै २२ हजार घरधुरीमा सुधारिएको चुल्हो निर्माण भैसकेका छन् । यस अघि जिल्लाको ठानामौला, खानीगाउँ, भँगरा, कार्कीनेटा, थापाठाना, बनौ, क्याङ र हाश्राङ्दी धुवामुक्त भैसकेका छन् । छिटो खाना पाक्ने, घर सफा सुघ्घर रहने, दाउराको कम खपत लगायतका कारणले पनि यसतर्फ ग्रामीण क्षेत्रका बासिन्दाहरुको आकर्षण बढ्दै गएको हो ।

पछिल्लो समय एलपी ग्याँस प्रयोग कर्ताहरुको संख्या समेत उल्लेख्य रुपमा बढेकाले पनि सुधारिएको चुल्हो विस्तार हुने क्रम न्यून हुँदै गएको जिल्ला उर्जा वातावरण शाखाका प्रमुख मञ्जु शिलाकारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै