लित बोहरा | साउन २४, डडेल्धुरा | संघिय लोकतन्त्र स्थापना संगै भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात अमरगढी नगरपालिकाको पहिलो नगरसभा मंगलबार सम्पन्न भएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लित बोहरा | साउन २४, डडेल्धुरा | संघिय लोकतन्त्र स्थापना संगै भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात अमरगढी नगरपालिकाको पहिलो नगरसभा मंगलबार सम्पन्न भएको छ ।

2026-09-19 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमरगढी नगरपालिकाको पहिलो नगरसभा सम्पन्न, यस्ता छन् नयाँ योजना

लित बोहरा | साउन २४, डडेल्धुरा | संघिय लोकतन्त्र स्थापना संगै भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात अमरगढी नगरपालिकाको पहिलो नगरसभा मंगलबार सम्पन्न भएको छ ।

नगरसभाबाट आर्थिक वर्ष २०७४/७५ को अनुमानित आय व्यय विवरण समेत प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७४/७५  को लागि जम्मा रु ३२ करोड ५१ लाख ५ हजार ७ सय ३४ बराबरको बजेट तथा कार्यक्रम नगर प्रमुख विशेश्वर प्रसाद ओझाले प्रस्तुत गरेका थिए । यस्तै अमरगढी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७४/७५ का लागि नगरकार्यपालिकाबाट नगरसभामा पेस हुने निती तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

निती तथा कार्यक्रममा नगरको सम्पुर्ण सम्बृद्धिको कार्यक्रम समावेस गरिएको नगर प्रमुख ओझाले बताएका छन् । नगरसभाबाट नगरपालिकाको आर्थिक विकासका लागि कृषि तथा पशुपालन, उद्योग तथा बाणिज्य, पर्यटन, संस्कृति, सहकारी र वित्तीय  क्षेत्रका लागि निति तथा कार्यक्रम समावेश गरिएको छ ।

जसमा कृषि पेसालाई व्यवसायिक बनाउन आधुनिकिकरण गर्ने, सित भण्डारको व्यवस्था गर्ने, कृषकलाई बाली बिमा, पशु बिमा तर्फ उन्मुख हुने निति अपलम्वन गर्ने, कुर्षी बिकासमा एकद्धार प्रणाली अपनाउने, उधोगिक क्षेत्रको स्थापना, स्थानीय धार्मीक स्थलको संरक्षण र संर्वद्धन गर्ने, डोटेली भाषाको जगेर्नाका लागि भाषा संग्राहलय स्थापनाकोलागि पहल गर्ने, खेलकुद पर्यटनमा जोड दिईने निती समावेस गरिएको छ ।

यस्तै सहिद भीमदत्त पन्तको जन्मथलो अमरगढी २ लाई आदर्श वडाको रुपमा विकास गर्दै ‘होम स्टे’ अवधारणाको विकास गर्ने, एक टोल एक सहकारीको निति अवलम्वन गर्ने, वित्तीय संस्थामा सहज पहुचको निति अवलम्वन गर्ने, सामाजिक सुरक्षा भत्ता बितरण गर्न धुम्ती बैंक संचालन गर्न पहल गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरसभाबाट नगरपालिकाको सामाजिक बिकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानि तथा सरसफाई, खेलकुद, सामाजिक सुरक्षा आदिको लागि निति तथा कार्यक्रम प्रस्तु गरिएको छ ।

जसमा निजी विद्यालयको शैक्षीक गुणस्तरमा सुधार गर्ने, यसै आर्थिक बर्षमा अमरगढी नगरपालिकालाई पुर्ण साक्षर नगरपालिका घोषणा गर्ने, आपांग मैत्रि भौतिक संरचना निर्माणमा जोड दिने, स्वास्थ्य बिमा कार्यक्रमलाई विषेश महत्व दिने, खाद्य सुरक्षामा जोड दिने, नगरपालिका भित्र एक घर एक स्वच्छ खानेपानि धाराको निति लिने, खेलकुदलाई जीवनको अभिनन अङ्गको रुपमा विकास गर्ने, अपांग, दलित असहायको सामापजक जिवनको सुरक्षाको सुनिश्चीत गर्ने, रोजगार सुचनाकेन्द्र मार्फत जव बैंकको स्थापना गर्ने निति तथा कार्यक्रममा समावेश गरिएको छ ।

पूर्वाधार बिकासका लागि सडक, सिंचाइ, भवन तथा सहरिकरण बिकास, सचांर, बैकल्पीक उर्जा आदिको विकास गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई