2026-09-18 08:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाइने

साउन २८, काठमाडौँ | प्रदेश नं ७ लाई भारतसँग जोड्ने प्रमुख व्यापारिक नाका धनगढी उपमहानगरपालिकास्थित गौरीफण्टालाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल शुरु भएको छ । 

प्रदेश नं ७ का स्थानीय जनप्रतिनिधि तथा उद्योगी व्यवसायीको संयुक्त प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँकै निवास बालुवाटारमा भेटेर त्यसका लागि पहल शुरु गरेको हो । 

प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका बेला सो मुद्दालाई भारतसँगको द्विपक्षीय वार्ताको प्रमुख एजेण्डाका रुपमा राख्नसमेत माग गरेको छ । प्रधानमन्त्री देउवाले आगामी भदौ ७ गतेदेखि भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । 

सो नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाउने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले सकारात्मक प्रतिक्रिया दिनुभएको सो भेटपछि आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ कैलाली र प्रदेश नं ७ का अध्यक्ष शंकर बोगटीले जानकारी दिनुभयो । 

भेटमा प्रधानमन्त्री देउवाले उक्त विषय भारत भ्रमणको एजेण्डाको प्राथमिकतामा राख्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभएको अध्यक्ष बोगटीले बताउनुभयो । महासंघले विगतदेखि नै केन्द्रीय सरकारलाई दबाब दिई सुदूरपश्चिमका विकास मुद्दामा पहल गरिरहेको छ । 

प्रतिनिधिमण्डलले यसबाहेक धनगढी विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन, प्रदेश नं ७ लाई चीनसँग जोड्ने बझाङको ताक्लाकोट नाकालाई स्तरोन्नति गरी सञ्चालनमा ल्याउन र धनगढी उपमहानगरपालिकाको राजघाटस्थित २१ बिगाहा जमिनमा सार्वजनिक प्रदर्शनीस्थल बनाउनसमेत पहल गर्न प्रधानमन्त्री देउवासँग आग्रह गरिएको छ । 

कार्यक्रममा धनगढी उपमहानगरपालिका नवनिर्वाचित प्रमुख नृप बडूले सुदूरपश्चिमको आर्थिक समृद्धिका लागि प्रमुख मेरुदण्डका रुपमा रहेको गौरीफण्टा नाकाको स्तरोन्नति अपरिहार्य रहेको बताउनुभयो । 

प्रदेश नं ७ को सफलताका लागि पनि गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने उहाँको भनाइ थियो । उक्त प्रदर्शनीस्थल वाणिज्य मन्त्रालय, धनगढी उपमहानगरपालिका, कैलाली जिल्ला समन्वय समिति र उद्योग वाणिज्य महासंघ कैलालीले सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने तयारी भइरहेको छ । 

धनगढी उपमहानगर प्रधानमन्त्री देउवा २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएको निर्वाचन क्षेत्र हो । धनगढी उपमहानगरका उपप्रमुख सुशीला मिश्र भट्टले गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाउन सके भारतका लाखौँ पर्यटकले सुदूरपश्चिमका प्रसिद्ध धार्मिकस्थलको भ्रमण गरी नेपालको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई