२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कञ्चनपुरको बेदकोट नगरको बजेट ४५ करोड

२०७४, ३१ श्रावण मंगलवार ०२:१८

साउन ३१, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले चालू आवका लागि रु ४५ करोड बढी बजेट विनियोजन गरेको छ । 

बेदकोट नगरपालिकाको प्रथम नगर सभाबाट रु ४५ करोड ५५ लाख ४४ हजार बजेट विनियोजन गरिएको हो । नगर सभाबाट चालू आवको बजेटसहित नीति र कार्यक्रम सर्वसम्मतिले पारित गरिएका छन् । 

नगरपालिकाले विनियोजित बजेटमा संघीय सरकारको वित्तीय समानीकरणअन्तर्गत रु २५ करोड नौ लाख, संघीय सरकारको सशर्त अनुदान रु नौ करोड ९३ लाख र आन्तरिकबाट रु ८० लाख आम्दानी हुने अनुमान गरिएको छ । नगर सभाले सामाजिक सुरक्षाका लागि रु आठ करोड बजेट अनुमान गरेको छ । 

नगर सभाबाट रु १९ करोड १० लाख ६५ हजार पूँजीगत खर्च रु पाँच करोड ५० लाख चालू खर्च पारित गरिएको छ । वडाबाट आएका योजनाका लागि रु तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ । नगर कार्यपालिकाको पहिलो बैठकबाट निर्णय गरिएको अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिलाउने प्रक्रियाका लागिसमेत रु सात लाख बजेट विनियोजन गरिएको छ । 

बेदकोटमा सबै वडालाई रु ३२÷३२ लाख बजेट विनियोजन गरिएको छ । बेदकोटका प्रमुख अशोककुमार चन्दले वडामा भौतिक पूर्वाधार, स्वास्थ्य चौकी, शिक्षाका लागि वडालाई रु ३२ लाखका दरले बजेट विनियोजन गरिएको बताउनुभयो । 

प्रमुख चन्दले सामाजिक सुरक्षा, कृषि, वन, स्वास्थ्य, महिला तथा बालबालिका, म्याचिङ फण्ड, विपन्न समुदाय उत्थान, ग्राभेलिङ, सांस्कृतिक क्षेत्र विकास, छाडा पशु चौपाया नियन्त्रणलगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको बताउनुभयो । 

कार्यक्रममा प्रमुख चन्दले नीति तथा कार्यक्रम र उपप्रमुखले चालू आवको बजेट प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाले आर्थिक समृद्धि र विकासका लागि ‘एक घर एक सीप, रोजगारीको आधारः समृद्ध बेदकोट नगर समाजवादको पूर्वाधार’ नीति कार्यान्वयन गरिने लक्ष्य लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ